१७ कार्तिक, नेपालगञ्ज । जनता समाजवादी पार्टी नेपालले बाँकेको क्षेत्र नं २ मा दोस्रो चरणको चुनावी प्रचार प्रसारको तयारी थालेको छ। पहिलो चरणको घरदैलो अभियान सकिएपछि अब उसले क्षेत्रभरि उस्तै आक्रामक चुनावी अभियान थाल्ने जनाएको छ।
निर्वाचन आयोगले बिहीबारदेखि दलहरूलाई दोस्रो चरणका कार्यक्रमहरू गर्न अनुमति दिएको थियो। यो चरणमा जसपाले क्षेत्र नं २ मा निर्वाचन आयोगले भनेअनुसार चुनावी आमसभा र मतदाता भेटघाट कार्यक्रमहरूलाई निरन्तरता राख्नेछ।
जसपा बाँके क्षेत्र नं २ का चुनाव प्रचार प्रसार समितिकाअनुसार बिहीबार पनि उम्मेदवारहरूले घरदैलो अभियान तथा मतदाता भेटघाट गरेका छन्।
अब जसपाले स्वंयसेवकहरूलाई खटाएर मतदाताहरूलाई मतपत्रमा सही तरिकाले छाप लगाउन सिकाउनेलगायतका कामहरू गर्नेछन्। त्यस्तै केही दिनमै उम्मेदवारहरूले आफ्नो चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गर्ने पनि जसपाले जनाएको छ।
बिहीबार भएका घरदैलो तथा भेटघाटहरूमा जसपाका बाँके क्षेत्र नं २का प्रतिनिधिसभा सदस्यका उम्मेदवार मोहम्मद इश्तियाक राईले मतदाताहरूको विश्वास नतोड्ने बाचा गरेका थिए।
‘मैले विगतमा काम गरेकै आधारमा तपाईंहरू फेरि हामीलाई भोट दिन आतुर हुनुहुन्छ। तपाईंले हामीबाट हुने विकासको अपेक्षा र विश्वासलाई तोड्ने छैनौं’ उनले भनेका छन् ‘अब फेरि एकपटक हामीलाई मौका दिनुहोस् बाँकी रहेका विकासका योजनाहरूलाई पूर्णता दिनुछ र फेरि नयाँ योजनाहरूको सिर्जना पनि गर्नुपर्नेछ।’
उनले कसैले फैलाएको भ्रम र अफवाहमा नलागेर सही र जनताको सधै सेवक हुने उम्मेदवारलाई मत दिन पनि अपिल गरे।
‘अब पनि मतदातालाई वेवकुफ ठान्ने र विकास कुरा गर्न नसक्नेहरूले समाजिक सद्भाव भड्काउने खालका भाषणहरू गर्दै हिँडेका छन्’ उनले भने ‘जनतालाई थाहा छ कस्ता उम्मेदवारलाई भोट दिने भनेर गाली गलौजले कसैले चुनाव जित्दैन।’
उनले फेरि पनि देशको शासन व्यवस्था खल्बल्याउन खोज्ने र फेरि पनि उही पुराना मुद्दाहरू बोकेर चुनावी मैदानमा आएकाहरूलाई परिवर्तनकारी जनताले आफूहरूलाई कुरिरहेको पनि बताए।
‘बाँके क्षेत्र नं २ मा मतदाताले अग्रगमनलाई नै रोज्नेछन्। फेरि पुरानो युग ब्युँताउन खोज्नेहरूलाई जनताले पाखा लगाउने दिन नजिकिदैंछ। पश्चगमनले कहिल्यै जित्न सक्दैन।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here