नेपालगन्ज– बाँकेमा पछिल्लो २४ घण्टामा ४ जनामा मात्र कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणमा ३ र एन्टिजेन परीक्षणमा १ जना गरी ४ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालको पीसीआर ल्याबमा ३ जनामा भाइरस संक्रमण देखिएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए । यस्तै जमुनाहा नाकामा ३३१ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा भाइरस संक्रमण देखिएको हो । संक्रमण पुष्टि भएका सबै जिल्ला बाहिरका हुन् । योसँगै जिल्लामा कुल संक्रमितको संख्या १९ हजार ९२८ पुगेको छ । यस्तै थप ४ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १९ हजार ५६२ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here