बाँके,जेठ १८ गते । बाँकेका विभिन्न अस्पतालमा उपचाररत थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोमबार ५ः ३० बजे साँझदेखि मंगलबार बिहान ८ बजेसम्म यी संक्रमितको मृत्यु भएको छ । 
जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतक मध्ये २ जना बर्दिया, १÷१ जना बाँके र कैलालीका छन् ।
भेरी अस्पतालमा उपचाररत बढैयाताल गाउँपालिका–६ बर्दियाका ४२ वर्षीय पुरूषको सोमबार साँझ ५ःघण् बजे मृत्यु भएको छ भने बढैयाताल गाउँपालिका–२ बर्दियाकी ४५ वर्षीया महिलाको सोमबार राति ९ बजे मृत्यु भएको छ ।
यस्तै टीकापुर नगरपालिका–८ कैलालीका ७७ वर्षीय पुरूषको बुधबार विहान १२ः ३० बजे मृत्यु भएको छ भने नेपालगञ्ज उपमहानगरपालिका–१ बाँकेका ७० वर्षीय पुरूषको बुधबार विहान ८ बजे मृत्यु भएको छ ।
योसँगै कोरोना संक्रमणबाट बाँके जिल्लाभित्रका २९४ पुगेको छ भने अन्य जिल्ला बाहिरका २९० जना कोरोना संक्रमतिको उपचारका क्रममा मृत्यु भएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here