७ कात्तिक, नेपालगन्ज। चुनाव नजिकिँदै जाँदा बाँकेमा जनता समाजवादी पार्टी प्रवेशको लहर बाक्लिएको छ। सोमबार बिहान नेपालगन्ज वडा नं ९ का युवाहरू जसपा प्रवेश गरेका छन्।
विभिन्न पार्टी त्यागेर जसपामा प्रवेश गरेका उनीहरूलाई बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार तथा जसपा नेता मोहम्मद इश्तियाक राईले स्वागत गरेका थिए।
पार्टीमा स्वागत गर्दै उम्मेदवार राईले जसपामा बढिरहेको आकर्षणसँगै पार्टीलाई निर्वाचनमा जिताउन भूमिका खेल्न आग्रह गरेका थिए।
‘चुनाव अब नजिकिइसकेको छ। अरूलाई गाली गलौज गर्नुभन्दा पनि पार्टी र उम्मेदवारहरूले गरेका विकासका कामहरूको प्रचार गर्नुहोस्’ मन्त्री राईले उनीहरूलाई भनेका छन् ‘अरूको विरोध होइन आफ्नो कामको प्रचार र अब पनि जनतासँगै रहनेछौं भन्ने विश्वास दिलाउनुपर्छ।’
आइतबार पनि विभिन्नपार्टीपरित्यागगरीकरिब१सय ५० जना भन्दा बढी जनता समाजवादी पार्टीमा प्रवेश गरेका थिए। उनीहरूलाई उम्मेदवार राईले टीका र खादा लगाएर पार्टीमा स्वागत गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here