नेपालगन्ज: बाँकेका अस्पतालमा कोरोना भाइरस संक्रमित थप तीनजनाको मृत्यु भएको छ ।
संक्रमित बिरामीहरुको उपचार भैरहेको नेपालगन्ज स्थित भेरी अस्पतालमा दुईजना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा एकजना गरि थप तीनजनाको मृत्यु भएको जिल्लाका कोरोना फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार उपचारका क्रममा बढैयाताल गाउँपालिका-४ बर्दियाका ६१ वर्षीय पुरुष, कोहलपुर नगरपालिका-११ का ६५ वर्षीय पुरुष र लमही नगरपालिका-८ दाङका ६३ वर्षीय पुरुषको मृत्यु भएको हो ।
योसँगै बाँकेमा हालसम्म उपचारका लागि जिल्ला बाहिरबाट आएका ३२१ जना र जिल्लाकै ३०३ जनाको मृत्यु भएको छ । संक्रमण र मृत्यु दर बाँकेमा निरन्तर ओरालो लागिरहेको छ ।
कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि प्रशासनले जारी निषेधाज्ञा भने अझै लम्बिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here