नेपालगन्ज, भदौ २६ । बाँके युनेस्को क्लबले बर्दियाको गुलरिया नगरपालिकाका युवा महिलाहरुको रोजगार प्रवद्र्धनका लागि उनिहरुको क्षमता बढाउन तालिमको आयोजना गरेको छ ।
प्लान ईन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लबको साझेदारीमा बर्दिया जिल्लामा सञ्चालित पर्ल परियोजना अन्तर्गत युवा महिलालाई रोजगारीमा लाग्न सहज होस भन्ने उदेश्यले सो क्षमता विकास तालिम प्रदान गरिएको हो ।
रोजगारीको तलाशमा रहेका युवा महिलालाई रोजगारीका लागि बायोडाटा सिर्जना गर्न, रोजगारीका बारेमा विस्तृत जानकारी गराउन र अन्तर्वार्ता मोडलको अभ्यास गर्न मद्दत गर्ने उदेश्यले तालिमको आयोजना गरिएको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।
उहाँले यस्ता तालिमबाट युवा महिलाको रोजगारी खोज्ने क्षमताको विकास हुने र रोजगारीमा लाग्न मद्दत मिल्ने बताउनुभयो ।
बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले युवा महिलाको क्षमता विकासका लागि प्रदान गरिएको सो तालिमबाट उनिहरुलाई रोजगारी पाउन ठुलो सहयोग पुग्ने बताउनुभयो ।
गुलरिया नगरपालिकाका २५ जना युवा महिलाहरुको सहभागिता रहेको सो क्षमता विकास तालिमका प्रशिक्षक बसन्त कुमार विसी रहनु भएको थियो भने पर्ल परियोजनाका संयोजक गोविन्द प्रसाद लामिछानेले सहजिकरण र व्यवस्थापनमा सहयोग गर्नु भएको थियो ।
सो तालिममा सहभागि महिलाहरुले तालिमबाट आफुहरुले धेरै कुराहरु सिक्ने अवसर पाएको जनाउँदै यस्ता तालिमले रोजगारीका लागि अगाडी बढ्न निकै सहयोग गर्ने महसुस भएको प्रतिक्रिया दिएको परियोजना संयोजक गोबिन्द प्रसाद लामिछानेले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here