१६ भाद्र, बर्दिया । बर्दिया इट्टा व्यवसायी संघको प्रथम साधारणसभा बिहीवार सम्पन्न भएको छ ।
प्रथम साधारणसभामा संघका अध्यक्ष केशव पाण्डेद्वारा संघको प्रगति प्रतिवेदन प्रस्तुत, छलफल र अनुमोदन, कोषाध्यक्ष रामप्रसाद यादवद्वारा आर्थिक प्रतिवेदन प्रस्तुत, आगामी आवका लागि लेखा परीक्षक नियुक्त, संघ नविकरण , वर्तमान कार्य समिति विघटन गरि नयाँ कार्य समिति चयनका लागि निर्वाचन मण्डल गठन, निर्वाचन मण्डलद्वारा नयाँ कार्य समिति गठन तथा सल्लहकार चयन लगायत विविध विषयमा छलफल गरि निर्णयहरु पारित गरिएको छ ।
उक्त साधारणसभाबाट वर्तमान कार्यसमिति विघटन गरि नयाँ कार्य समितिको निर्वाचनका लागि केशवराज भण्डारीलाई संयोजक तथा सुर्यमणि पौडेल र रमेश चौधरीलाई निर्वाचन अधिकृतको जिम्मेवारी सुम्पिएको छ ।
त्यस्तै निर्वाचन मण्डलबाट नयाँ कार्य समिति तथा सल्लाहकार सर्वसम्मत रुपमा चयन गरिएको छ जसको अध्यक्षमा मनोज कुमार वर्मा, उपाध्यक्ष देवेन्द्र पाण्डे, सचिव कृष्ण यादव, कोषाध्यक्ष राम प्रसाद यादव, सहसचिव जावेद गद्दी, सहकोषाध्यक्ष विवेक पोरवाल तथा सदस्यहरुमा क्रमशः नैमुद्दीन खान, सदस्य थारु, आकाश जिसी, धनविर चौधरी तथा मेराज खाँ रहेका छन् ।
त्यस्तै सल्लाहकारमा संघका संस्थापक अध्यक्ष तथा निवर्तमान अध्यक्ष केशव पाण्डेलाई चयन गरिएको छ ।
उक्त अवसरमा चयन भएको नयाँ कार्य समितिका पदाधिकारीहरुलाई खादा, माला लगाएर स्वागत गरिएको थियो ।
सो अवसरमा बोल्दै नयाँ कार्य समितिका अध्यक्ष मनोज कुमार वर्माले दत्तचित्त भएर इमान्दारिताका साथ बर्दिया जिल्लाका इट्टा व्यवसायीको हकहितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here