२६ मंसिर, नेपालगन्ज । बर्दिया जिल्लाको गुलरिया र ठाकुरबाबा नगरपालिकाका १८ देखि २४ वर्षका १२० जना युवा महिलाहरुको आर्थिक शसक्तिकरणका लागि सिप विकास तालिम सञ्चालन गरिएको छ । प्लान ईन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लवले सञ्चालन गरेको युवा महिलाको आर्थिक शसक्तिकरण तथा रोजगार प्रवद्धन कार्यक्रम अन्तर्गत छनोटमा परेका १२० जना महिलालाई सिप विकास तालिम दिन शुरु गरिएको हो । बेरोजगार महिलालाई तालिम दिएर व्यवसाय संचालन गर्न तथा स्वरोजगार बनाउनका लागि क्लवले युवा महिलाको आर्थिक शसक्तिकरण तथा रोजगार प्रवद्धन कार्यक्रम संचालन गरिरहेको क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो । उहाँले छनोटमा परेका १२० जना महिलाले विभिन्न किसिमका व्यवसायहरु छनौट गरेकोले उनिहरुलाई सोही प्रकारको सिप विकास तालिम दिन शुरु गरिएको बताउनुभयो । गुलरियामा सञ्चालन गरिएको कम्प्युटर डिजाईनिंग, सेल्लपर्सन, टेलरिङ, बुटिक, ब्यूटी पार्लर, कृषि र पशुपालन तालिमको एक समारोहका विच बाँके युनेस्को क्लबका अध्यक्ष रवि कुमार तुलाधरले उदघाटन गर्नुभयो । सो अवसरमा बोल्दै अध्यक्ष तुलाधरले यो परियोजनाले बर्दियाका १२० जना युवा महिलालाई स्वरोजगार बनाएर उनिहरुको आर्थिक शसक्तिकरण गर्ने भएकोले निकै महत्वपुर्ण रहेको उल्लेख गर्नुभयो । तालिमको उदघाटन कार्यक्रममा बोल्दै बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले यस्ता परियोजनाले सयौ परिवारको आर्थिक अवस्था परिवर्तन गर्ने भएकोले अरु पनि थप कार्यक्रम आवश्यक रहेको बताउनुभयो । उहाँले यस्ता कार्यक्रम विपन्न र पिछिडिएकाहरुका लागि बरदान सावित हुने पनि बताउनुभयो । सो अवसरमा क्लबका कार्यकारी निर्देशक साजिद अलि सिद्दिकी, नेसनल मानस विकास तालिम केन्द्र नेपालगन्जका निर्देशक राजेश रोशन धमाल, बडीमालिका मल्टिप्रपोज प्रालि काठमाडौंका चन्द्र साउँद, बाँके युनेस्को क्लव पर्ल परियोजना संयोजक गोबिन्द प्रसाद लामिछाने लगायतले तालिमको उदेश्य, उपादयता र लाभहरुका बारेमा आ आफ्नो धारणा राख्नु भएको थियो । सो सीप विकास तालिम संचालनका लागि नेसनल मानस विकास तालिम केन्द्र नेपालगन्ज तथा बडीमालिका मल्टिप्रपोज प्रालि काठमाडौंलाई छनौट गरिएको छ । उदघाटन सत्रको अध्यक्षता क्रमशः बडिमालिका प्रालि र मानस प्रालिका निर्देशकहरु श्मलिषा शर्मा र राकेश रोशनले गर्नुभएको थियो । क्लबका कार्यक्रम अधिकृत अनुप बर्माको पनि उपस्थिति रहेको सो कार्यक्रममा कलबका अध्यक्ष तुलाधरले प्रशिक्षकहरूलाई प्रशिक्षण पाठ्यक्रम पनि हस्तान्तरण गर्नु भएको थियो। सो तालिम तीन महिनासम्म सञ्चालन गरिने जनाईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here