२३ श्रावण, बर्दिया । अतिविपन्न परिवारका महिलालाई उद्यमशिलता मार्फत रोजगारीमा लगाएर आर्थिक रुपमा सक्षम बनाउने उदेश्यले बाँके युनेस्को क्लबले बर्दियामा जीवन उपयोगी शिप विकास तालिम शुरु गरेको छ ।
प्लान नेपालको सहयोगमा क्लबले सञ्चालन गरेको आर्थिक शसक्तिकरण तथा रोजगारी प्रवद्र्धन परियोजना अन्तर्गत बर्दियाको गुलरिया नगरपालिकामा सोमवारदेखि सो तालिम सञ्चालन गरिएको हो ।
सो तालिममा सहभागि गुलरिया नगरपालिकाका विभिन्न वडाका ३४ जना १८ वर्षदेखि २४ वर्षसम्मका अति गरिब परिवारका महिलालाई विभिन्न प्रकारका जीवन उपयोगी शिप सिकाउनुका साथै उनिहरुको क्षमता बृद्धि गर्दै सञ्चारको प्रक्रिया लगायतका विषयमा दुई दिन तालिम दिइने बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।
उहाँले यो तालिमले सहभागिलाई रोजगारमा लाग्न सहयोग गर्ने र उनिहरुको आर्थिक अवस्थामा सुधार हुने बताउनुभयो ।
तालिमको शुभारम्भमा बाँके युनेस्को क्लबका सहायक निर्देशक महेश नेपाली र प्लान नेपालका कार्यक्रम संयोजक गोमा वली चौधरीले तालिमको उदेश्य र आवश्यकताबारे जानकारी गराउनु भएको थियो । सो तालिमका प्रशिक्षक स्रोत व्यक्ति विर बहादुर हमाल रहनु भएको छ ।
परियोजनाका संयोजक गोविन्द लामिछानेले सो तालिम ठाकुरद्धारामा पनि सञ्चालन गरिने गुलरिया र ठाकुरद्धारा गरेर १२० जना अति विपन्न महिलालाई शिप विकास तालिम प्रदान गरिने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here