१ भाद्र, नेपालगञ्ज । प्लान ईन्टरनेशनल नेपालसँगको साझेदारीमा बढैयाताल गाउँपालिकामा आ.व. ०७८÷०७९ मा संचालन गरिएका परियोजनाहरुको प्रगति तथा आगामी कार्यक्रमको बारेमा जानकारी तथा समन्वय बैठक सम्पन्न भएको छ ।
बाँके युनेस्को क्लब, बी ग्रुप, स्याक नेपाल, साथी संस्था र थारु महिला उत्थान केन्द्रको आयोजना र बढैयाताल गाउँपालिकाको समन्वयमा सो बैठक सम्पन्न भएको हो ।
खासगरी स्थानीयतहको निर्वाचन पश्चात निर्वाचित जनप्रतिनिधीहरुलाई परियोजनाका सन्दर्भमा जानकारी गराई स्थानीय सरकारसँगको सम्बन्ध प्रगाढ पार्दै परिणाममुखी कार्य गर्ने उद्देश्यका साथ आयोजना गरिएको उक्त बैठकको अध्यक्षता बढैयाताल गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी अधिकारीले गर्नु भएको थियो भने अतिथिको रुपमा प्लान ईन्टरनेशनल नेपालका क्षेत्रीय प्रबन्धक मिना पराजुली र बढैयाताल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने रहनु भएको थियो ।
कार्यक्रममा वडा अध्यक्षहरु, गाउँपालिकाका सबै शाखाका प्रमुखहरु, नागरिक समाज संजालका अध्यक्ष तथा पदाधिकारीहरु र अन्य संघ संस्थाहरुका प्रतिनिधीको सहभागीता रहेको थियो ।
बाँके युनेस्को क्लब, साथी संस्था, बीग्रुप, स्याक नेपाल र थारु महिलाउत्थान केन्द्रले आ.व. ०७८÷०७९ मा संचालन गरेका परियोजनाको प्रगती, सिकाई, चुनौंतीहरु र आगामी कार्यक्रम तथा बजेट सहित प्रस्तुती गरेका थिए ।
समन्वय बैठकको दोश्रो सेसनमा सभागीहरुले प्लान ईन्टरनेशनल नेपाल सँगको साझेदारी बिभिन्न संघ, संस्थाहरुले संचालन गर्ने कार्यक्रम सबै वडामा पुग्नुपर्ने, अपांगताको क्षेत्रलाई प्राथमिकता दिनुपर्ने सुझाव दिदै परियोजान संचालनको प्रभाव सकारात्मक रहेको र बिशेष गरी बालबिवाह न्युनिकरणमा महत्वपुर्ण योगदान दिएको प्रतिक्रिया दिएका थिए ।
सो अवसरमा प्लान ईन्टरनेशनल नेपालका क्षेत्रीय प्रबन्धक मिना परालजुलीले सहभागीहरुबाट आएका चासो र सुझावलाई केन्द्रबिन्दुमा राख्दै प्लान ईन्टरनेशनल नेपालले यस बढैयाताल गाउँपालिकामा बिगतदेखि बाल संरक्षण, बालअधिकार प्रबर्धन गर्न र अपांगता भएका ब्यक्तिका सवालहरुलाई सम्बोधनका लागि कार्य गर्दै आएको र उप्रान्तपनि स्थानीय सरकार सँगको साझेदारीमा यस पालिकामा खास गरी बाल संरक्षण, प्रबर्धन, बालबिवाह न्युनीकरण र बालिकाहरुका मुद्दा सम्बोधनको लागि अझै सशक्त रुपमा कार्य गर्ने बताउनुभयोे ।
सो अवसरमा बढैया गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी अधिकारीले बालबालिकामाथी हुने हानीहरुबाट उनीहरुलाई बचाउँनु स्थानीय सरकार र सामाजिक संघ, संस्थाको जिम्मेवारी र कर्तब्य भएको कुरा ब्यक्तगर्दै सो लागि सबै एकजुट भएर लाग्न आह्वान गर्नुभयो ।
बढैयाताल गाउँपालकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले पनि आफ्नो धारणा राख्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here