१२ वैशाख, नेपालगन्ज । बढुवा तथा पदस्थापना भएका प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गरिएको छ ।
तालुक नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखा नक्साल काठमाण्डौ मिति २०८२ वैशाख ११ गतेको पत्रादेशले जनपद प्रहरी समुह तर्फका प्रहरी नायब निरीक्षक पदबाट प्रहरी वरिष्ठ नायब निरीक्षक पदमा बढुवा तथा पदस्थापना भएका प्रहरी कर्मचारीलाई शुक्रवार कार्यालयका निमित्त कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक दिपक पातलीले दर्ज्यानी चिन्हद्वारा सुशोभित गर्नु भएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जानकारी गराएको छ ।





