नेपालगन्ज– बाँकेमा बजार अनुगमनलाई तीव्रता दिइएको छ । बजार अनुगमनका क्रममा सोमबार जिल्ला प्रहरी कार्यालय बाँके मातहत वडा प्रहरी कार्यालय नेपालगंज, जिल्ला प्रशासन कार्यालय बाँके, औषधि ब्यवस्थापन कार्यालय बाँके, वाणिज्य कार्यालय बाँके तथा उपभोक्ता संरक्षण मंच बाँके लगायतको संयुक्त टोलीले नेपालगंजस्थित  बजार अनुगमन गर्ने क्रममा ३८ अक्सिजन सिलिण्डर, २१ भाइल रेम्डिसिभिर बरामद गरेको छ भने  १०२० केजी म्याद गुज्रिएको दाल नष्ट गरेको छ ।

अनुगमन टोलीले नेपालगन्ज मेडिकल कलेज परिसर भित्र रहेको औषधी पसलको अनुगमन गर्दा बिनाबिलको रेम्डिसिभिर २१ भाइल बिक्री गरेको पाइएकाले २ लाख जरिवाना तिराएको छ । फार्मेसीले रेम्डिसिभिर बिक्री गरेको बिलमा मिति समेत उल्लेख नगरेको पाइएकोले अगामी दिनमा कुनै पनि औषधी बिक्री वितरण गर्दा पारदर्शी तरिकाले बिल काटेर बिक्री गर्ना सुझाव समेत दिएको टोलीले जनाएको छ ।

त्यस्तै नेपालगन्जको खजुरा रोडमा रहेको शुभा राइस मिलबाट १६ बोरा चना, १४ बोरा मासको दाल र ४ बोरा मुँगको दाल पनि नष्ट गरिएको छ । उक्त बस्तु उपभोग्य मिति समाप्त भएकाले खाल्डो खनेर नष्ट गरिएको बजार अनुगमन टोलीले जनाएको छ भने नेपालगन्जको विभिन्न स्थानमा अनावश्यक रुपमा मौजदात गरी राखिएको ३८ थान अक्सिजन सिलिण्डर समेत बरामद गरी जिल्ला प्रशासन कार्यालय बाँकेमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here