नेपालगन्ज– कोरोनाका कारण स्थगित बर्दिया महोत्सव २०७८ को तयारी थालिएको छ । बाँसगढी उद्योग वाणिज्य सँघको मुख्य आयोजनामा पौष २९ गतेदेखि माघ ९ गतेसम्म सञ्चालन हुने भनिएको महोत्सव अन्तिम समयमा स्थगित भएको थियो । स्थगित वाई वाई पाँचौ बाँसगढी औद्योगिक, कृषि, पर्यटन, व्यापार मेला तथा बर्दिया महोत्सव अव फागुन १६ गतेदेखि फागुन २६ गतेसम्म सञ्चालन गरिने भएको छ । महोत्सवको तयारी अहिले तिव्र पारिएको महोत्सव मुल आयोजक समिति तथा बाँसगढी उद्योग वाणिज्य सँघका अध्यक्ष रामसिङ थारुले जानकारी दिए । महोत्सवलाई भव्य रुपमा सफल पार्न पहिले नै गठित बिभिन्न उपसमितिलाई क्रियाशिल बनाई सबै तयारी तिव्र पारिएको छ ।

बाँसगढीको खानेपानी चोक नजिकै मैनापोखर जाने चोकको उत्तर साईडमा महोत्सव सञ्चालन स्थलमा तारबार, स्टल निर्माण, गेट निर्माण, मञ्च निर्माण देखी बिभिन्न बाल उद्यानका सामग्रीहरु निर्माण भईरहेको बाँसगढी उद्योग वाणिज्य सँघका बरिष्ठ उपाध्यक्ष तथा प्रयोजक तथा स्टल बुकिङ्ग उपसमिति संयोजक बद्री बरालले जानकारी दिए ।

महोत्सवमा बढी भन्दा बढी दर्शक भित्र्याउन बिभिन्न माध्यम मार्फत प्रचारप्रसारलाई पनि तिव्र पारिएको प्रचार प्रसार उपसमिति संयोजक एकनारायण अधिकारीले बताए । “घुम्न जाऔँ बाँसगढी महोत्सव” भन्ने मुल नारासहित १० दिन सम्म सञ्चालन हुने महोत्सवले स्थानिय कला संस्कृतिको संरक्षण र प्रवद्र्धन सँगै बर्दियामा रहेका पर्यटकिय क्षेत्रहरुको प्रचार प्रसारमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here