नेपालगञ्ज, चैत १९ । बाँके युनेस्को क्लबले बर्दिया जिल्लाका विभिन्न पालिकामा सञ्चालन गरेको परियोजना र कार्यक्रमको संयुक्त अनुगमन गरिएको छ । प्लान इन्टरनेसनल नेपाल तथा स्ट्याण्डर्ड चार्टर्ड नेपालको संयुक्त टोलीले प्लान नेपालको साझेदारीमा बर्दियाको गुलरिया र ठाकुरद्धारा नगरपालिकामा क्लबले सञ्चालन गरेको युवा महिलाको आर्थिक शसक्तिकरण तथा रोजगार परियोजनाको अनुगमन गरेको हो । अनुगमन टोलीले गुलरिया नगरपालिका ९ रामपुरका सिलाई कटाई तालिम लिएर सामाग्री पाई उद्यम गरिरहेका महिलाहरुको अवस्था बुझ्नुका साथै गुलरियामा डेन्टल लैब असिस्टेन्ट, सुरक्षा गार्ड, पशुपालन र व्युटिपार्लर तालिम लिएकासंग अनुभव र आगामी योजनाका बारेमा छलफल गरेको थियो । सोही प्रकारले सो टोलीले ठाकुरबाबा नगरपालिकाका सेल्सपर्सन तालिम लिएका किशोरीहरुसंग छलफल गरेको थियो । त्यसका साथै नगरपालिकाका पदाधिकारीहरु, प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजाल, महिला विकास अधिकारी गगनसरा आचार्य, रोजगार संयोजक रविन्द्र अर्याल, आर्थिक विकास अधिकृत चन्द्र साउदसंग टोलीले छलफल गरेको थियो । टोलीले ठाकुरबाबा नगरपालिकामा खाना पकाउने तालिम लिएर ओजीटी गरिरहेका महिलाहरुसंग पनि छलफल गरेको थियो भने सुरक्षा गार्डको तालिम लिएर ओजिटी गरिरहेकासंग पनि विभिन्न विषयमा छलफल गरेको थियो । छलफल र भेटघाटका क्रममा तालिम लिएका विभिन्न युवा महिलाले तालिम लिएपछि आत्मबल र आत्मविश्वास बढेको जनाउँदै प्राप्त गरेको सिपबाट रोजगारीको अवसर सृजना हुने विश्वास व्यक्त गरेका थिए । सो अनुगमन टोलीमा प्लान नेपालका क्षेत्रीय प्रबन्धक मिना पराजुली, प्राविधिक सल्लाहकार प्रतिमा कुँवर, ग्रान्ट कोअर्डिनेटर निसा अधिकारी र कार्यक्रम संयोजक गोमा ओली चौधरी तथा स्टयाण्डर्ड चार्टर्डका कर्पोरेट अफयेर ब्रण्ड एण्ड मार्केटिंग प्रमुख प्रनु सिंह, स्टयाण्डर्ड चार्टर्डका नेपालगञ्ज शाखा प्रमुख सुजन प्रजापति, टयाण्डर्ड चार्टर्डका कर्पोरेट अफयेर मेनेजर नितिका घिमिरे, बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकी, अध्यक्ष रवि तुलाधार, कार्यकारी निर्देशक साजिद अलि सिद्दिकी, कार्यक्रम संयोजक गोविन्द लामिछाने र फिल्ड सुपर भाइजरहरु गोबिन्दी विक र कन्चन दहितको सहभागिता रहेको थियो । जोखिममा रहेका युवा महिलाहरुलाई जीवनयपयोगी सिप प्रदान गरेर स्वरोजगार बनाई आर्थिक रुपले सम्पन्न बनाउने उदेश्यले सञ्चालन गरिएको सो परियोजना अन्तर्गत बर्दियाका १२० जना युवा महिलालाई विभिन्न शिपमूलक तालिम प्रदान गरेर स्वरोजगार बनाईएको क्लबले जनाएको छ । शिपमूलक तालिम लिनेहरुमा १७ जनाले सिलाई कटाई, १९ जनाले कम्प्युटर, ८ जनाले ब्युटिपार्लर, १९ जनाले सुरक्षा गार्ड, १६ जनाले सेल्स पर्सन, १० जनाले कुक, ९ जनाले पशुपालन, ७ जनाले डेन्टल, १० जनाले मान्टेशरी र ५ जनाले सवारी चालक तालिम लिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here