७ पुस, नेपालगञ्ज । प्रेस स्वतन्त्रता सेनानी स्व. राम गोपाल वैश्यको ७औं वार्षिक पुण्यतिथि मनाउँदै सहभागीहरुले उहाँप्रति श्रद्धाञ्जलीको पुष्प अर्पण गरेका छन् ।
आइतवार दिन फुल्टेक्रा वडा नं. ६ स्थित मधेश मिडिया मिसन नेपालको सभाकक्षमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा बोल्दै नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक बहादुर धामीले भने, प्रेस स्वतन्त्रता सेनानी स्व. राम गोपाल वैश्यले पत्रकारिता क्षेत्रमा काम गर्दै पुरै देशमा नेपालगञ्जको छुट्टै चिनारी गराउनु भयो । उहाँद्वारा लेखनी भएको त्रिभुवन चोक बोल्दछ स्तम्भ आज पनि सम्पूर्ण नेपालगञ्जवासीहरुले बिर्सन सकेका छैनन् । त्रिभुवन चोक बोल्दछलाई निरन्तरता दिनुपर्छ यसको लागि नेपालञ्ज उद्योग वाणिज्य संघ सबै प्रकारको सहयोग दिन तयार छ र स्व. राम गोपाल वैश्यको पहिचान नमेटियोस् यसका लागि हामी कार्य गर्न तयार छौं ।’
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चाँैलागाईले भने, स्व. राम गोपाल वैश्य जस्तो व्यक्तित्वको पत्रकारिता क्षेत्रमा आफ्नो छुट्टै चिनारी थियो । मृत्यु नजिक हुँदा पनि उहाँले त्रिभुवन चोक बोल्दछ स्तम्भ राखी शंखनाद साप्ताहिकको प्रकाशन गर्दै आउनु भयो उहाँ निडर र निष्पक्ष रुपमा पत्रकारिता गर्नु हुन्थ्यो । नेपालगञ्जमा ६ जना व्यक्तित्वलाई प्रेस स्वतन्त्रताको सम्मान दिइएको छ उहाँ मध्येका प्रेस स्वतन्त्रता सेनानी स्व. राम गोपाल वैश्य पनि हुनुहुन्छ । प्रेस स्वतन्त्रताको लागि उहाँ निडर भई अग्रणी रुपमा कार्य गर्नु भयो । त्रिभुवन चोक बोल्दछ स्तम्भलाई निरन्तरता दिनु पर्छ यो स्तम्भ ननिस्किरहेकोले खल्लो खल्लो जस्तो महसुस भइ रहेको छ । अब स्व. राम गोपाल वैश्यको सम्मानको लागि अरु के के गर्नुपर्छ सबै मिलेर कार्य गरौं ।’
नेपालगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा प्रेस स्वतन्त्रता सेनानी स्व. राम गोपाल वैश्य स्मृति प्रतिष्ठानका अध्यक्ष नन्दलाल वैश्यले भने, यो प्रतिष्ठान निरन्तर रुपमा सामाजिक सेवा कार्य गर्दै आएको छ । पुण्यतिथिको अवसरमा हरेक वर्ष गरिब गुरुवाहरुलाई कम्बल वितरण, छुवाछुत, ऊँचनीचको भावना हटाउन सचेतना कार्य समेत गर्दै आएको छ । आगामी समयमा पनि यस्तो रचनात्मक र सामाजिक सेवा कार्य गरिने छ भन्दै उनले यो प्रतिष्ठान आगामी समय अझ चुरुत तुरुस्त तरिकाले कार्य गर्नेछ यस्तो विश्वास लिइएको छ ।’
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका निवर्तमान सदस्य आरिफ अन्सारीले भने, मैले पत्रकारिता क्षेत्रमा कार्य गर्दा उहाँको अति नजिक रहेर शंखनाद साप्ताहिक प्रकाशित भयो । यसमा कार्य गरेको अनुभव बताउँदै उनले पनि त्रिभुवन चोक बोल्दछलाई निरन्तरता दिनुपर्ने कुरामा जोड दिए ।
प्रतिष्ठानका अध्यक्ष नन्दलाल वैश्यको अध्यक्षतामा सो श्रद्धाञ्जली कार्यक्रमको आयोजन स्व. राम गोपाल वैश्यका साहिँला छोरा र प्रतिष्ठानका उपाध्यक्ष अजय कुमार गुप्ताको सक्रियतामा आयोजन भयो ।
श्रद्धाञ्जली सभामा बोल्दै उनले भने, प्रतिष्ठानले निरन्तर रुपमा कार्य गर्दै आएको छ, बडो मिहिनेतले प्रतिष्ठानको विधिवत स्थापना भएको हो तर कार्य समितिले राम्रोसँग कार्य गर्न नसकेकाले वर्ष एक पटक मात्र यस्तो कार्य गर्न सकिएको छ प्रतिष्ठान डुब्ने जस्तो अवस्थामा पुगेपनि यसलाई डुब्नबाट बचाउन सबै तर्फबाट सहयोगको आवश्यकता रहेको छ । छिट्टै संस्थाको आय व्ययको अडिट गराई नविकरण गराउने तर्फ लाग्ने छौं ।
उक्त कार्यक्रमको संचालन प्रतिष्ठानका सचिव रुद्र सुवेदीबाट भएको हो । श्रद्धाञ्जली कार्यक्रममा नेगउवा संघका महासचिव भिम बहादुर रानाभाट, पत्रकार दिनेश श्रीवास्तव, रमेशचन्द्र कुमाल, मधेश मिडिया मिसन नेपालका बाँके जिल्ला अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठी यस्तै समाचार रेखा न्यूजका प्रतिनिधि अमन हुसैन सल्मानी, स्थानीय कलाकार जहीरुल हक जिनु, किशोर वर्नवाल, मधेश मिडिया मिसन नेपालका उपाध्यक्ष मनोज कुमार कौशल, लक्ष्मी कुमारी तिमिल्सिना लगायतको उपस्थिति रहेको सो कार्यक्रममा सहभागीहरुले प्रेस स्वतन्त्रता सेनानी स्व. राम गोपाल वैश्यको तस्वीरमा माल्र्यापण गरी दीप प्रज्वलन गरे । साथै दिवंगत आत्माको चिर शान्तिको लागि एक मिनेटको मौन धारण गरि श्रद्धाञ्जली अर्पण गरियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here