अमन अन्सारी, भेरी एफएम
७ माघ, नेपालगन्ज । सामुदायिक प्रहरी सेवा केन्द्रले मानव सेवा आश्रममा आश्रित व्यक्तिहरूका लागि आवश्यक जुत्ता सहयोग गरेको छ ।
बुधवार आयोजित एक कार्यक्रमका बीच आश्रममा रहेका ५६ जना (३८ पुरुष, १८ महिला र एक बालक) का लागि मानव सेवा आश्रमका कार्यालय सचिव सुस्मिता गिरीलाई उक्त सामग्री हस्तान्तरण गरिएको हो ।
त्यसै अवसरमा सामुदायिक प्रहरी सेवा केन्द्रका सचिव विवेक कुमार श्रेष्ठले व्यक्तिगत तर्फबाट नगद ५ हजार रुपैयाँ समेत मानव सेवा आश्रमलाई हस्तान्तरण गरेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष दिपेन्द्र कुमार जोशीले आगामी दिनमा आश्रममा स्वास्थ्य शिविरसमेत सञ्चालन गर्ने योजना रहेको जानकारी दिए ।
सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष दिपेन्द्र कुमार जोशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव विवेक कुमार श्रेष्ठ, सह–सचिव राम प्यारे वर्मा, सदस्य तथा भेरी एफएमका प्रमुख मोहम्मद आरिफ अन्सारी, समाजसेवी बुद्धि सागर सुवेदी, डिबी थापा, प्रहरी सहायक निरीक्षक अमित पौडेल, प्रहरी जवान रतनबहादुर बि.क.लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन मानव सेवा आश्रमकी कार्यालय सचिव सुस्मिता गिरीले गरेकी थिइन् । z








