५ असार, नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय बाँके तथा मातहतका इलाका प्रहरी कार्यालयहरुको भौतिक संरचनामा सुधार गरिएको छ ।
भौतिक संरचनामा सुधारको क्रममा जिल्ला प्रहरी कार्यालय बाँकेको बाटो मर्मत, रङ रोगन तथा कार्यालय परिसर मर्मत तथा सौन्दर्यीकरण गरि सेवाग्राही मैत्री वातावरण तयार गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
यस्तै इ.प्र.का. बनकट्टि कम्दि बाँकेमा भवन मर्मत तथा रङ् रोगन, इ.प्र.का. धनौली बाँकेको परिसरमा पिच बाटो निर्माण, इ.प्र.का. जयसपुरमा बाँकेमा नयाँ भान्साघर निर्माण र शौचालय मर्मत, इ.प्र.का. भगवानपुर बाँकेको परिसरमा प्रहरी पोष्ट निर्माण तथा इ.प्र.का. बैजापुर बाँकेमा ३६ मिटर कम्पाउण्ड वाल लगाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here