२६ चैत्र, नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी उपरीक्षक सुवास चन्द्र बोहरालाई बिदाई गरिएको छ ।
तालुक नेपाल प्रहरी प्रधान कार्यालय नक्शाल काठमाण्डौको पत्रादेशानुसार जिल्ला प्रहरी कार्यालय, बाँकेमा काज सरुवा भई मिति २०८०।०६।२८ गते हाजिर भई कार्यालय प्रमुखको रुपमा कार्यरत रहि तालुक नेपाल प्रधान कार्यालय नक्शाल काठमाण्डौको मिति २०८०।१२।२३ गतेको आदेशानुसार मधेश प्रदेश प्रहरी कार्यालय मानवश्रोत व्यवस्थापन माहाशाखा जनकपुरमा काज सरुवा भई जान लागेका प्रहरी उपरीक्षक सुवास चन्द्र बोहरालाई पारिवारिक तथा व्यवसायिक जिवन सफलताको शुभकामना सहित मायाको चिनो प्रदान गरी एक कार्यक्रमका बिच बिदाई गरिएको हो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, बाँके तथा मातहत समेतमा कार्यरत सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत तथा हवल्दार जवानहरुको समेत उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here