१० भाद्र, नेपालगञ्ज । प्रतिनिधि सभा सदस्य डा. धवल शम्शेर राणाले आफ्नो पारिश्रमिकबाट बिभिन्न समस्यामा परेका ब्यक्ति तथा संस्थाहरुलाइ सहयोग गर्दै आएका छन् ।
यसै क्रममा मंगलबार गैरसरकारी संस्था महासंघ नेपाल बाँके शाखालाई सहयोग प्रदान गरेका छन् ।डा. राणाले आफुले प्रतिनिधि सभा सदस्य पदमा रहेर पाउँदै आएको पारीश्रमिक बापतको रकमबाट रु. ५० हजार गैसस महासंघ बाँकेको संस्थागत विकासका लागी सहयोग स्वरुप प्रदान गरेका हुन् ।
गैसस महासंघ नेपाल बाँकेको नेपालगन्ज स्थित कार्यालयमा आयोजित विशेस समारोहकाबीच डा. राणाले पचास हजार बराबरको चेक प्रदान गरेको गैसस महासंघ बाँकेका सचिब रमेश सिटौलाले बताए । डा. राणाले आफ्नो हरेक महिनाको पारिश्रमिक बिभिन्न सामाजिक कार्यको लागी सहयोग गर्दै आएका छन् ।
सहयोग हस्तान्त्ररण कार्यक्रममा बोल्दै डा. राणाले राजनीतिमा लागेर पदमा पुगेका ब्यक्तिहरु सबै खराव, भ्रष्ट र फटाह हुन्छन् भन्ने भ्रम चिर्नका लागी आफुले प्राप्त गर्ने पारीश्रमिक सामाजिक कार्यमा लागेका संस्था तथा बिभिन्न समस्यामा परेका ब्यक्तिहरुलाइ सहयोग गर्दै आएका बर्ता । डा. राणाले आफुले गरेको सानो सहयोगले सक्रिय रुपमा सामाजिक कार्यमा लागेका संस्थाहरुको सामाजिक कार्यमा थप वल पुग्ने विस्वास ब्यक्त गरे ।
कार्यक्रममा गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय सचिब नमस्कार शाहले डा. राणाले सुरुवात देखिनै आफुले प्राप्त गरेको पारिश्रमिक सामाजिक कार्यमा सहयोग गर्दै आएको बताउदै समाजमा सबै मन भएका ब्यक्तिहरुसंग धन र धन भएकाहरुसंग मन नहुने बताउदै मन र धन दुबै भएको ब्यक्ति डा. राणा भएको बताए ।
यसैबिच मंगलबार नै डा. राणाले बांके डुडुवा गाउँपालिका वडा २ बेतहनीमा भएको सडक दुर्घटनामा एकै परिवारका दुई बालकको असामयिक निधनप्रति गहिरो शोक प्रकट गर्दै परिवारलाइ आर्थिक सहयोग प्रदान गरेका छन् । राणाले शोकाकुल परिवारको घरमै पुगेर सान्त्वना प्रदान गर्नुका साथै आमा बन्दना गोडिया र बुवा हदवार गोडियालाई आर्थिक सहयोग स्वरूप रु. ५० हजार सहयोग प्रदान गरेका हुन् । साथै डुडुवा गाउँपालिकाका स्थायी बासिन्दा कान्ता अहिरको घरको धुरी भत्किएर भएको क्षतिपछि पुनःनिर्माण कार्यको लागि राज्यबाट प्राप्त आफ्नो तलब भत्ताबाट रू. ५० हजार आर्थिक सहयोग हस्तान्तरण गरेका छन् ।
डा. राणाले नेपाल उपमहानगरपालिकाको नगरप्रमुख हुँदा देखिनै आफुले पाउने भता तथा पारीश्रमिक विभिन्न संघ संस्थालाई प्रदान गर्दै आएका थिए ।
चेक हस्तान्तरण कार्यक्रममा समाजका उपाध्यक्ष विमला यादव हेमराज यादव, सचिव रमेश यादव लगायतको पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।








