२१ फागुन, नेपालगन्ज । आज देशभर भएको प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ । आज बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान कार्य भएको थियो ।
निर्वाचन आयोगका अनुसार प्रत्यक्ष प्रणालीतर्फ ३ हजार ४०६ जना उम्मेदवार रहेकोमा १ जनाको उम्मेदवारी खारेज भएको छ । ती उम्मेदवारमध्ये पुरुष ३ हजार १६ जना, महिला ३८८ जना तथा १ जना अन्य छन् । समानुपातिक निर्वाचन प्रणालीतर्फ कुल ३ हजार १३५ उम्मेदवार अन्तिम सूचीमा कायम भएका छन् । तीमध्ये बन्दसूचीमा १ हजार ७७२ महिला र १ हजार ३६३ पुरुष उम्मेदवार छन् । देशभरि १ हजार १४३ स्वतन्त्र उम्मेदवार यस पटक चुनावी प्रतिस्पर्धामा रहेका थिए ।
प्रतिनिधिसभा चुनावका लागि समानुपातिकतर्फ ५७ र प्रत्यक्षतर्फ ६६ दल एवम् स्वतन्त्र उम्मेदवार सहभागी छन् । निर्वाचन आयोगका अनुसार नेपाली कांग्रेसले मात्र सबै १६५ निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको छ । ८ वटा दलले १–१ निर्वाचन क्षेत्रमा मात्र उम्मेदवार उठाएका छन् ।
मतदान कार्य सम्पन्न भइसकेपछि मतपेटिकाहरु संकलन गरि मतगणना स्थलतर्फ लगिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here