नेपालगन्ज–जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल र जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी ओमबहादुर राणाले संयुक्त रुपमा सीमानाकाको अवलोकन गरेका छन् । उनीहरुले नेपाल–भारत सीमानाका जमुनाहाको अवलोकन गरेका हुन् ।
अवलोकनमा उनीहरुसँगै सशस्त्र प्रहरी उपरीक्षक अशोक बम, राष्ट्रिय अनुसन्धान आयोगका निर्देशक नरेन्द्र गिरी रहेका थिए । त्यस क्रममा उनीहरुले भारतबाट नेपाल आउने व्यक्तिलाई माक्स बितरण गर्नुका साथै नाकामा रहेको होल्डिङ सेन्टरको अनुगमण गरेका थिए ।
त्यस्तै उनीहरुले नेपालगन्ज भेरी अस्पतालमा निर्माण हुन लागेको अक्सिजन स्टोरेज ट्याङ्कको स्थलगत अनुगमन गर्नुका साथै अस्पताल प्रमुखसँग आवश्यक छलफल समेत गरेका थिए ।