१५ असोज, काठमाडौँ । ब्लेक ब्रोज इन्टरटेनमेन्टको प्रस्तुतिमा गीत ‘केशरी केशरी’ सार्वजनिक भएको छ। गीतमा लोकप्रिय गायक बिष्णु भट्ट र नेपाल आइडल दोश्रो संस्करणको फाइनलिस्ट अस्मिता अधिकारीको आवाज छ । गितमा शब्द अष्ट्रेलिया बस्दै आएका विश्व गौडेलको र संगित बिष्णु भट्टकै रहेको छ । ब्लेक ब्रोज इन्टरमेन्टबाट सार्वजनिक भएको गीतको भिडियोमा प्रकाश सपूत र सृष्टी खड्काको अभिनय रहेको छ ।
ठट्यौली प्रेमिल यस गीतको भिडियोलाई ऋषि राज आचार्यले निर्देशन तथा महेश्वर आचार्य, रितु आचार्य र राजेन्द्र खातीले सहनिर्देशन गरेका छ्न् । गीतको भिडियोले अहिलेको वास्तविक समयलाई चित्रण गरेको छ । भिडियोमा मोहन कुमारको छायांकन, अनिलकुमार मानन्धरको सम्पादन तथा सियोन श्रेष्ठको कोरियोग्राफी रहेको छ । यस गीतलाई मिक्सिङ र मास्टरिङ र एरेन्ज श्याम श्वेत रसाइलीले गरेका हुन् भने पृज्मा स्टुडियोमा रेकर्ड भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here