२६ चैत्र, बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिकामा पुनर्स्थापना केन्द्र तथा सेवा केन्द्रको स्थापना तथा संचालन सम्वन्धमा नियमावली निर्माण गरिएको छ ।
ऐनलाई कार्यान्वयनका क्रममा नियमावलीको आवश्यकता अनुसार नियमावली तयार गरिएको गाउँपालिका उपाध्यक्ष लक्ष्मीकुमारी अधिकारीले बताइन् । उनले महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्बोधनका लागि ऐन कानूनको आवश्यकता भएकाले नीतिगत रुपमा पहल गरिएको भन्दै यसलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
उपाध्यक्ष अधिकारीले यो ऐन र नियमावलीले हिंसा पिडित महिला तथा बालिकालाई न्यायका लागि सहयोग पुग्ने विश्वास व्यक्त गर्दै ऐन कानूनबारे समुदायमा प्रचार प्रसारका लागि चेतना अभिबृद्धिको कार्य गर्ने बताइन् ।
महिला, कानून र विकास मञ्च काठमाण्डौको सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जको प्राविधिक सहयोगमा नियमावलीको मस्यौदा कानून तयार गरी बुधबार छलफल गरिएको छ ।
महिला तथा बालिकाविरुद्धको हिंसा सम्बोधनका लागि स्थानीय तहहरुमा नीतिगत व्यवस्था अन्र्तगत ऐन, कानून, कार्यविधी निमार्ण गर्नमा सहयोग गरेको सूचना र मानवअधिकार अनुसन्धान केन्द्रका अध्यक्ष विश्वजित तिवारीले बताए ।
कार्यक्रममा वडा अध्यक्षहरु शुक्रराज सापकोटा, विरबहादुर थारु, प्रेमबहादुर थापा क्षेत्री, डिलादेव गिरी, लल्लन अहिर, तुलाराम चौधरी, कार्यपालिका सदस्य चन्द्रकला विक, दिलमाया सुनार, विधायन समिति सदस्य सचिव उसमान साई, वडा सदस्य हरि दत्त थारु, गोविन्दराम थारु, महिला तथा बालबालिका शाखा प्रमुख सुजिता थारु लगायतले मस्यौदा कानूनमाथी आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here