१६ जेठ, नेपालगन्ज । पाँच लाख भारतीय रुपैयाँ सहित दुई जना पक्राउ परेका छन् ।
नेपालगन्ज उ.म.न.पा. १६ जयसपुर स्थित भारतको रुपैडिया नाका हुँदै नेपाल तर्फ आउँदै गरेको भारत उत्तर प्रदेशको लखनऊ बस्ने बर्ष ४० को निरज चौरासियाले चलाएको युपी३२एलभी ६३८९ नम्बरको सुजुकी गाडी शंका लागी चेकजाँच गर्दा भारतीय रुपैया ५००।– दरको नोट ६०० थान र भारतीय रुपैयाँ २०० दरको नोट १,००० थान गरी जम्मा भारतीय रुपैया ५ लाख बुधवार फेला परेको हो ।
उक्त नगद तथा गाडी समेत रितपूर्वक बरामद गरी र सोही गाडीमा सवार जिल्ला दाङ साबिक पुरन्धारा गा.वि.स. १ बस्ने बर्ष २६ की साईना नेपाली सहित दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुर बाँकेमा बुझाइएको जिल्ला प्रहरी कार्यालय, बाँकेका सूचना अधिकारी एवं प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक पातलीले जानकारी गराएका छन् ।








