७ भाद्र, नयाँ दिल्ली (भारत) । सार्क राष्ट्रद्वारा दिल्लीमा स्थापना भएको साउथ एशियन युनिभर्सिटीका अध्यक्ष प्रोफेसर के के अग्रवालले नेपालका पराराष्ट्र मन्त्री डाक्टर आरजु राणा देउवालाई दिल्लीस्थित होटेल शेरेटनमा शिष्टाचार भेट गरेका छन् ।

भेटको क्रममा विश्वविद्यालयमा पढाइने पाठ्यक्रम, पढाउने प्राध्यापक र अध्ययनरत छात्र छात्राका साथै अन्य गतिविधिका बारेमा प्रोफेसर अग्रवालले मन्त्री डाक्टर राणालाई जानकारी गराएका थिए ।

विश्वविद्यालय सार्क सदस्य मुलुकको भएकोले सार्क मुलुकको सामाजिक आर्थिक र भौगोलिक समस्या समाधानमा केन्द्रित रहेर कोर्ष सञ्चालन गर्न लागिएको प्राध्यापक अग्रवालले मन्त्री राणालाई जानकारी गराएका थिए ।

दक्षिण एशियाको पहिलो र एकमात्र विश्वविद्यालय जसलाई सार्क देशका नेपाल, भारत अफगानिस्तान, बांग्लादेश, भूटान, माल्दीप, पाकिस्तान र श्रीलंकाले मिलेर चलाईरहेकोले विश्व विद्यालयको वातावरण विविधतामा एकता रहेको अग्रवालले बताएका थिए् ।

मन्त्री राणाले साउथ एशियन युनिभर्सिटिका कुलपति प्रोफेसर के के अग्रवालाई बधाई दिदै सदस्य राष्ट्रहरुबीचको सम्बन्धलाई बढावा दिने पुलको रुपमा रहेको यस विद्यालय ूनलेज विदाउट बोर्डर्सू को अवधारणाको प्रशंसा गरिन । दक्षिण एशियाली विश्वविद्यालयलाई सम्बोधन गदै उनले विश्वविद्यालय सार्क राष्ट्रका लागि शिक्षाको ज्योति भएको बताउँदै आफू चाँडै नै पुनः विश्वविद्यालयको भ्रमणका लागि नयाँ दिल्ली आउने बताईन ।

मन्त्री राणाले शिक्षाका हिसाबले साउथ एशियन युनिभर्सिटीलाई विश्व मानचित्रमा ल्याउन अग्रवालको प्रयासको सह्राना गर्दै सार्क राष्ट्रको आवश्यकतालाई ध्यानमा राखेर प्राज्ञिक अनुसन्धान गर्न सुझाव दिईन । राणाले विश्वविद्यालयको प्रतिष्ठा बढाउन र त्यहाँ अध्ययनरत विद्यार्थीको हितमा जे जति सहयोग हुन्छ, त्यसलाई नेपालले गम्भीरताका साथ हेर्ने बताईन ।

परराष्ट्र मन्त्री बनेपछि पहिलो पटक भारत भ्रमणमा गएकी डाक्टर आरजू राणा देउवालाई प्राध्यापक अग्रवालले दक्षिण भारत र उत्तर भारतको साँस्कृतिक समृद्धि झल्किने परम्परागत शाल, मणिमाला र स्मृति चिन्ह प्रदान गरेका थिए ।

पराष्ट्र मन्त्री डाक्टर आरजू राणासँगको भेटमा दिल्लीस्थित नेपाली राजदूतावासका अधिकारीको पनि उपस्थिति रहेको थियो ।

(डाक्टर ओपी यादव, जनसम्पर्क तथा सूचना अधिकारी, साउथ एशियन युनिभर्सिटिको सहयोगमा ।)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here