नेपालगन्ज । बाँकेको भविष्यसंग जोडिएको नौबास्ता औद्योगिक क्षेत्र परियोजनाको काम कोरोनाका कारण अगाडि बढ्न सकेन । परियोजनाको काम अगाडि बढाउन सरकारले ६१ करोड बजेट छुट्याएको थियो । उक्त रकम चालु आर्थिक वर्षमा खर्च हुन सकेन । ३ सय ३८ विगहा क्षेत्रफलमा निमार्ण हुने भनिएको परियोजना क्षेत्रमा तीन सय हाराहारीमा घर निमार्ण गरिएका छन् । औद्योगिक क्षेत्रको परियोजना सुरु नहुँदै उक्त क्षेत्रमा गाउँ बसिसकेको हो । ०७२ चैत्र १ गते बाँकेमा उक्त परियोजना ल्याएको हो । परियोजनाको डिटेल प्रोजेक्ट रिर्पोट.(डिपीआर) र वातावरणीय प्रभाव मुल्यांकन (ईआई) समेत गरिसकेको छ ।
परियोजनाको काम हेर्दै आएका नेपालगन्ज औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख कृष्ण पुनले बस्ती व्यवस्थापनका लागि पटकपटको प्रयास सफल हुन नसकेको जनाए । त्यस्तै कोरोनाका कारण काम अगाडि बढाउन नसकेको उनले जनाए । ६१ करोड रुपैयाँ खर्च नभए पनि त्यो फ्रिज हुँदैन, उनले भने


बस्तीका लागि ३ सय ३८ विगहा मध्ये ३१ जग्गा बिगहा जग्गा बस्तीका लागि छुट्याउने प्रस्ताव ल्याएको छ । कोरोनका कारण उक्त प्रस्ताव अनुसारको काम अगाडि नबढेको हो । ‘हामीले बस्ती व्यवस्थापनका लागि हरसम्भव प्रयास गरेका छौँ । तर महामारीका कारण काम अगाडि बढाउन सकेनौ,’ उनले भने,‘बस्ती व्यवस्थापन गर्ननसक्दा परियोजनाको काम अगाडि बढ्न नसकेको हो ।


उक्त परियोजनाको डिपीआर अनुसार त्यहाँ तीन सय उद्योगहरु स्थापना हुनसक्छन् । यसले लुम्बिनी र कर्णाली प्रदेशको विकासमा उल्लेख्य आर्थिक योगदान पुग्नसक्छ । हजारौँले रोजगार पाउने विश्वास गरिएको छ । उक्त परियोजना निमार्ण गरिने भनेको बैजनाथ गाउँपालिकाले पनि बस्ती व्यवस्थापनका लागि पटकपटक प्रयास गर्दै आएको छ । तर स्थानीयले अटेर गर्दै आएका छन् । गाउँपालिका प्रमुख मानबहादुर रुचालले बस्ती व्यवस्थापनका लागि प्रयास भइरहेको जनाए । उनले ३१ विगहा जग्गा छुट्याएर बस्ती राख्ने र बाँकी जग्गामा औद्योगिक क्षेत्र स्थापना गर्न सक्ने जनाए । ३१ विगहा क्षेत्रमा अटन नसकेका घरधुरीहरुलाई अन्य क्षेत्रमा पुर्नस्थापना गर्न सकिने जनाए । ‘त्यसका लागि बस्तीका सर्वसाधारणहरुसंग छलफल र बार्ता गरिरहेका छौँ । समास्या समाधान हुन्छ,’ उनले भने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here