२३ भाद्र, काठमाडौं । नेपाल टी–२० लिगमा प्रतिस्पर्धा गर्ने बाँकी दुई टिमको घोषणा गरिएको छ ।
नेपाल क्रिकेट संघ क्यानले बिहीबार कार्यकम गर्दै थप दुई फ्रेन्चाईज टिम घोषणा गरेको हो । दुई नयाँ टिममा पोखरा एभेन्जर्स र फारवेस्टर्न युनाईटेड रहेका छन् ।
पोखरा एभेन्जर्सको मालिक लुम्बिनी हेल्थकेयरका सञ्चालक हुन् । पोखराका मालिक पोषराज ज्ञवालीले स्वास्थ्य क्षेत्रबाट खेलकुदमा पनि लागौं भनेर नेपाल टी–२० लिगमा लगानी गरेको बताए ।
फारवेस्टर्न युनाईटेडको मालिक भने बेलायतको एसआर स्पोर्टस एण्ड मिडिया भेन्चर हो ।
क्यानले विराटनगर सुपर किंग्स, जनकपुर रोयल्स, लुम्बिनी अल स्टार्स र कान्तिपुर क्यापिटल्सलाई यसअघि नै घोषणा गरेको थियो ।
कार्यक्रममा क्यानका सचिव प्रशान्त विक्रम मल्लले भारतबाट समावेश हुने भनिएको एउटा टिमलाई टेक्निकल कारणले गर्दा हटाएर त्यसको सट्टामा फारवेस्टर्स टिम राखेको बताए ।
पहिलो संस्करणको नेपाल टी–२० लिग असोज ८ गतेदेखि सुरु हुने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here