९ मंसिर, काठमाडौं । शुक्रवारदेखि काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) सुरु भएको छ ।
सामाजिक रुपान्तरणको लागि रङ्गमञ्चः विविधिताको उत्सव भन्ने नाराका साथ ९ दिनसम्म चल्ने महोत्सवको शुक्रबार दिउँसो २ बजे थापागाउँ काठमाडौंस्थित मण्डला थिएटरमा भव्य उद्घाटन गरिएको छ ।
भारतका सुप्रसिद्ध रंगकर्मी तथा अभिनेत्री शबाना आजमीको विशेष आतिथ्यतामा निटफेस्ट २०२२ को दोस्रो संस्करण सुरु भएको हो । त्यस्तै उदघाटन समारोहलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, विभिन्न लगायतले कलाप्रेमीहरुमाझ सम्बोधन गरेका छन् ।
१२ देशका १८ नाटकको ३० मञ्चनसहित कार्यशाला, मास्टर क्लास, अन्तरक्रिया–विमर्शका कार्यक्रमको तालिका सार्वजनिक गरेको महोत्सवमा विश्वभरीबाट २०० भन्दा बढी नाट्य कलाकारहरु सहभागी हुँदैछन् । महोत्सवले सिर १७ सम्मको लागि बिहान ८ बजेदेखि साँझ ७ः३० बजेसम्म नाटक मञ्चन तथा विविध कार्यक्रमको तालिका निकालेको छ ।
महोत्सवमा सहभाभी हुन ‘पद्यश्री’ र ‘पद्य भूषण’बाट सम्मानित अभिनेत्री शबाना आजमी, विभिन्न देशका नाट्य टोली, निर्देशकहरु काठमाडौं आइसकेका छन् ।
महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटकहरु समावेश छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here