नेपाली कांग्रेस नेपालगन्ज नगर सभापतिमा प्रशान्त बिष्ट निर्वाचित हुनुभएको छ । बिष्ट २४३ मतका साथ तेस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो ।
विष्टका निकटतम् प्रतिद्वन्दी उमा थापा मगरले ७० मत पाउँदा रिजालले ४१ मत पाउनुभयो । नेपालगन्ज नगर अधिबेशनमा पदाधिकारी सबैमा प्रशान्त बिष्ट प्यानल विजयी भएको छ ।
बिष्ट प्यानलबाटै उपसभापतिमा धनराज बर्मा र मो।कमाल अन्सारी विजयी हुनुभएको छ । त्यस्तै सचिवमा सुरेन्द्र कुमार श्रेष्ठ र हरिबाबु घिमिरे निर्बाचित हुनुभयो ।

सहसचिवमा बिष्ट प्यानलकै मार्टिन वली क्षेत्री र शरदराज अधिकारी विजयी हुनुभयो । नयाँ नेतृत्व चयन गर्न विहबार भएको मतदानमा ३८२ मध्ये ३७७ मत खसेको थियो । स्रोत अनलाइन खोजखबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here