काठमाडौं । क्रियाशील सदस्य विवादमा सहमति जुटेपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आगामी महाधिवेशन तयारी सम्बन्धमा आफूपक्षीय शीर्ष नेताहरुसँग छलफल गरेका छन् ।

शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको पदाधिकारी तथा शीर्ष नेताहरुको बैठकले क्रियाशील सदस्यमा देखिएको विवाद समाधानका लागि सहमति जुटाएपछि देउवाले आफूपक्षीय छानविन समितिका सदस्यसहितको छलफल राखेका हुन् ।

छलफलमा उपसभापतिद्वय विमलेन्द्र निधि, विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महत, नेता एनपी साउद लगायतको सहभागिता थियो ।

यस्तै छानविन समिति संयोजक रमेश लेखकसहित सदस्यहरु आनन्द ढुंगाना, श्याम घिमिरे र योगेन्द्र चौधरी पनि छलफलमा सहभागी थिए ।

छलफल छानविन समितिका सदस्यहरुले सम्बन्धित क्षेत्रको क्रियाशील सदस्यताका देखिएको समस्याबारे बिफ्रिङ गरेका थिए ।

देउवाले निर्धारित मितिमै महाधिवेशन सम्पन्न गर्नुको विकल्प नभएको भन्दै क्रियाशील सदस्यता चाडो टुंग्याउन निर्देशन दिएका सहमहामन्त्री डा. प्रकासशरण महतले बताए । पाँच सय वडा मध्ये करिब ३ सय वडामा अझै क्रियाशील सदस्य विवाद समाधनमा समस्या रहेको बुझिएको छ ।

देशभरबाट आठ लाख २० हजार क्रियाशील सदस्यको नाम सार्वजनिक गरिएकोमा क्रियाशील सदस्यता छानविन समितिमा पाँच हजार भन्दा बढी उजुरी परेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here