मनोज कुमार कौशल/ २०७८ जेष्ठ ५ गते।

काठमाडौँ -नेपालमा २४ घण्टाको अवधिमा ७ हजार ९८९ संक्रमितहरू निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा थप ८ हजार १७३ संक्रमित थपिएका छन् / मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा २४६ जना संक्रमितको मृत्यु भएको छ । यसैगरी पछिल्लो २४ घण्टामा भक्तपुरमा २२८, ललितपुरमा २७० र काठमाडौंमा १ हजार ९८८ गरी उपत्यकामा जम्मा २ हजार ४८६ जना संक्रमित थपिएका छन् । गत २४ घण्टामा ८ हजार ६४ पिसिआर विधि र १०९ एन्टेजिन विधिबाट गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टी भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here