मनाेज कुमार कौशल

नेपालगन्जमा आज धर्मगुरुहरुद्वारा विशेष पूजा र प्रार्थना । विहिवार वेलुकी दीप प्रज्वलन । कोभिड १९ का कारण भयावह बनेको बाँकेको नेपालगन्जमा आज बुधवार सवै धर्मका धर्मगुरुहरुले आ-आफ्नो धार्मिक स्थलहरुमा एकसाथ विशेष पूजा अर्चना तथा प्रार्थना गर्ने भएका छन् धर्मगुरुहरुको अन्तर धार्मिक तथा सामाजिक सद्भाव मंचको आह्वानमा एकै साथ पूजा र प्रार्थना गर्न लागिएको मंचका अध्यक्ष, बागेश्वरी मन्दिरका मूल महन्त श्री चन्द्रनाथ योगीले वताउनुभयो । आज बेलुकी ४.३० देखि ५ वजेसम्म मन्दिर , मस्जिद, गुम्वा, गुरुद्वारा र चर्चमा एकै समय एकसाथ प्रार्थना / कामना हुनेछ , कोभिड महामारी चाँडै हटोस्, थप क्षति नहोस् भनेर । पूजा र प्रार्थना सकेपछि सवै धर्मका धर्मगुरुहरुलाई बागेश्वरी मन्दिरको पूर्वतर्फ रहेको पार्कमा आमन्त्रण गरेको छुँ´ अध्यक्ष योगीले भन्नुभयो - त्यहाँवाट हामी धर्मगुरुहरुले एकसाथ सम्पूर्ण सर्वसाधारणलाई अहिलेको अवस्थामा केही सन्देश दिन खोजेका छौं। ´ कोरोना महामारीले नेपालगन्ज क्षेत्र वढी प्रभावित छ, सिंगो देश कोरोनावाट प्रभावित छ । महामारी चाँडै हटोस् भन्ने कामना सहित यस्तो वेलामा कोरोना संक्रमित विरामीहरुको शीघ्र स्वास्थ्यलाभको कामना , उनीहरुका आफन्तजन, उपचारमा अहोरात्र खटिएका स्वास्थ्यकर्मी सहित महामारी नियन्त्रणमा खटिएका सुरक्षाकर्मी सहित सवैको मनोवल वढाउन र दिवंगतहरुको आत्मालाई शान्ति मिलोस् भन्ने कामना गर्दै सवै धार्मिक स्थलमा एक साथ पूजा र प्रार्थना गर्न लागेको धर्मगुरुहरुले वताएका छन्। मंचका सदस्य मुस्लिम धर्मगुरु श्री मौलाना जब्बार मंजरीले संकटको वेला सवै धर्मगुरुहरुले सर्वसाधारणको मनोवल वढाउन यो विशेष प्रार्थना र पूजा गर्नलागेको वताउनुभयो। यसैगरी विहिवार वेलुकी नेपालगन्जवासीले दीप प्रज्वलन गर्ने भएका छन्। कोरोना महामारीको अन्त्य, कोरोना संक्रमित विरामीहरुको शीघ्र स्वास्थ्यलाभको कामना, विरामीहरुका परिवार र उपचारमा दिनरात खटेका स्वास्थ्यकर्मीहरु सहित सवै आम नेपालीको दाजुभाई दिदीबहिनीहरुको मनोवल वढाउन र दिवंगतहरुको आत्माको चीर शान्तिको कामना गर्दै दीप प्रज्वलन गर्न लागिएको हो। आ- आफ्नै घरको मुलगेट, वरण्डा या घर परिसरमा दियो , मैनवत्ती या वल्व बालेर कोरोना विरुद्धको लडाईंमा सिंगो बाँके र सवै नेपाली एकजुट भएर दृढताका साथ उभिएका छौं भन्ने सन्देश प्रवाह गरौं ।

You sent आज 12:20 बजे

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here