५ फागुन, नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका भित्रका २० वटा माबि स्तरिय बिद्यालयहरुमा बिद्यालयमा शुन्य फोहोर कार्यक्रम सञ्चालन भएको छ ।
बिद्यालयलाइ शुन्य फोहोर बनाउने उद्धेश्यले द कोकाकोला फाण्डेसनको आर्थिक सहयोग तथा स्वच्छ सफा नेपालको प्राविधिक सहयोगमा बास नेपालले उक्त अभियान अन्तर्गत उक्त कार्यक्रम सञ्चालन गरेको हो ।
ग्रीन नेपालगन्ज ः सामुदायिक फोहोर रुपान्तरण परियोजना अन्तर्गत बास नेपालले सञ्चालन गरेकोे उक्त बिद्यालयमा शुन्य फोहोर कार्यक्रम नेपालगन्ज उपमहानगरपालिकाको शिक्षा शाखाको समन्वयमा उपमहानगरपालिका भित्र रहेका २० वटा बिद्यालयहरुको छनौट गरि बिद्यालयमा शुन्य फोहोर कार्यक्रम अगाडी बढाएको ग्रीन नेपालगन्ज ः सामुदायिक फोहोर रुपान्तरण परियोजनाका सयोजक मन भण्डारीले बताए ।
नेपालगञ्ज उपमहानगरपालिका भित्र रहेका श्री देउतादिन माबि, ज्ञान सागर माबि, महेन्द्र माबि, अनाथलय गौसिया माबि, आदर्श माबि, युद्ध संस्कृति माबि, नारायण माबि, महाराजा माबि, आएसा मदरसा माबि, जगतज्योती माबि, मंगल प्रसाद नमुना माबि, माबि महेन्द्रनगर, जय जनता माबि, धम्बोजी माबि, फुल्टेक्रा माबि, नेपालगञ्ज कन्या माबि, सरस्वती माबि, नेपाल राष्ट्रिय माबी, दारुल उलम बरकातिया माबि, जय बागेश्वरी माबिमा कार्यक्रम सञ्चालन भईरहेको परियोजना अधिकृत रबिन्द्र बोहराले जानकारी गराए ।
२० वटा बिद्यालयहरुमा १० जना सहजकर्ताहरुले कक्षा सञ्चालन गरिरहेका छन् । कक्षा सञ्चालन गर्नु पुर्ब १० जना सहजकर्ताहरुलाई प्रशिक्षक प्रशिक्षण प्रदान गरी बिद्यालयहरुमा कक्षा सञ्चानलको जिम्मेवारी दिएको थियो ।
२० बिद्यालयहरुमा १० जना सहजकर्ताहरुले फोहोर ब्यवस्थापन सम्बन्धी ७ वटा बिषयबस्तुहरुमा कक्षा सञ्चालन गरिरहेका छन् । प्रत्येक कक्षामा ४० जना बिद्यार्थीहरु सहभागी हुँदै आएका छन् भने शुरुवाती चरणमा कार्यक्रमको बारेमा जानकारी गराउँदै ७ वटै शेषनको बारेमा जानकारी गराईएको थियो । फोहोर तथा फोहोर सम्बन्धी अभ्यासहरुको परिचय, फोहोर बर्गिकरण यसको बुझाई,, तिन आर बिधि, फोहोरबाट कम्पोष्टको उत्पादन, फोहोर जलाउँदा हुने असरहरु, बिद्युतीय फोहोर ब्यवस्थापन र फोहोर र जलवायु परिबर्तनको बिषयमा कक्षा सञ्चालन गरिएको जहजकर्ता माधव कार्कीले बताए ।
विद्यार्थी तथा शिक्षकहरूलाई फोहोर कम गर्ने, व्यवस्थापन गर्ने तथा दिगो जीवनशैली अपनाउने विषयमा प्रेरित गर्दै सञ्चालन गरिएको कक्षामा बिद्यार्थीहरुलाई न्युज प्रिन्ट, मेटाकार्डको माध्यामबाट र प्रोजेक्टरबाट सहजकर्ताहरुले सहजीकरण गर्दै आएका छन् । बिद्यार्थीहरुले उत्साहका साथ कक्षा लिईरहेका र समुहकार्यले बिद्यार्थीहरु निकै उत्साहित भएको पाईएको छ ।
बिद्यालय स्तरबाटै बालबालिकाहरुले फोहार ब्यवस्थापनको विषयमा शिक्षा लिई घरपरिवार र समुदायमा सरसफाई गर्न मद्दत पुग्ने बताइएको छ ।







