८ फागुन, नेपालगन्ज । नेपालगन्जका बिभिन्न विद्यालयहरुमा स्ट्यान्ड सहितको डस्टबिन बितरण गरिएको छ ।
द कोकाकोला फाण्डेसनको आर्थिक सहयोग बास नेपाल र स्वच्छ सफा नेपालद्वारा सञ्चालित ग्रीन नेपालगन्ज ः सामुदायिक फोहोर रुपान्तरण परियोजना अन्तर्गत नेपालगन्ज उपमहानगरपालिका भित्रका शुन्य फोहोर विद्यालय कार्यक्रम संचालन भएका बिद्यालयहरुमा सो डस्टबिन बितरण गरिएको हो ।
फोहोर ब्यबस्थापनका लागि कुहिने फोहोर र नकुहिने फोहोरलाइ छुट्टाछुट्टै ब्यवस्थापन गर्नका लागी प्रत्येक विद्यालयमा स्ट्यान्ड सहितको २÷२ वटा डस्टबिन बितरण गरिएको परियोजना संयोजक मन भण्डारीले बताए ।
नेपालगञ्ज उपमहानगरपालिका भित्र कार्यक्रम संचालन भएका २० वटा विद्यालय मध्ये श्री देउतादिन माबि, महेन्द्र माबि, अनाथलय गौसिया माबि, नारायण माबि, मंगल प्रसाद नमुना माबि, धम्बोजी माबि, सरस्वती माबि गरि ७ वटा विद्यालयमा शुक्रबार डस्टबिन वितरण गरिएको छ भने बाँकी रहेको विद्यालयहरुमा आइतवार वितरण गरिने कार्यक्रा संयोजक मन भण्डारीले जानकारी दिए ।
डस्टबिन वितरण कार्यक्रममा नेपालगंज उपमहानगरपालिका प्रमुख प्रशासकिय अधिकृत रामहरी शर्मा, वडा नं. ८ का वडा अध्यक्ष रजनिश बाजपेई, बास नेपालका केन्द्रिय अध्यक्ष शिव कुमार वर्मा, कार्यकारी निर्देशक नमस्कार शाह, परियोजक संयोजक मन भण्डारी, कार्यक्रम अधिकृत रबिन्द्र बोहरा, सामुदायिक सहजकर्ता ज्योती बुढा, सहजकर्ताहरु, शिक्षक, बिद्यार्थी, ब्यबस्थापन समिति, लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामहरी शर्माले नेपालगंज शहरको पहिचानका लागी विद्यार्थीहरुको महत्वपूर्ण भुमिका हुने भएकोले बिद्यालयमा शुन्य फोहोर कार्यक्रम मार्फत फाहोर ब्यवस्थापनमा महत्वपुर्ण भुमिका खेल्ने बताए । विद्यालयमा सिकेको कुरा घरमा गएर ब्यबहारमा लागु गरेमा मात्रै कार्यक्रमको उद्देश्य पूरा हुने बताउँदै नेपालगन्ज सहरलाइ सुन्दर बनाउन सबैको हातेमालो आवश्यक रहेको शर्माको भनाइ थियो ।






