८ मंसिर, नेपालगञ्ज । नागरिक समाजको भुमिकालाई प्रभावकारी बनाउन ‘म नागरिक मेरो कर्तव्य’ अभियान शुरु गरेको छ । मानिसले आफ्नो अधिकार मात्रै खोज्ने तर आफ्नो कर्तव्य पुरा नगर्ने बानीले उपलब्धीपूर्ण समस्या समाधान हुन नसकेको अवस्थामा यो अभियान सञ्चालन गरिएको हो ।
सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगञ्जले हरेक नागरिकको कर्तव्यबोधको व्यवहारिक कार्यान्वयनका लागि अभियान थालिएको हो । यो अभियानले प्रत्येक नागरिकको कर्तव्यको पालना गराउनमा मद्दत पुग्ने संस्थाका अध्यक्ष अधिबक्ता विश्वजित तिवारीले बताए । उनका अनुसार नेपालको संिवधान २०७२ मा ३१ वटा मौलिक हकको व्यवस्था गरेको छ ती सबै मौलिक हकको उपभोग गर्नुभन्दा अघि धारा ४८ले नागरिकको दायित्व र कर्तव्य पुर्ण रुपमा पालना गर्नु गराउन उल्लेख गरेको छ ।
यसै सन्दर्भमा संस्थाले शुक्रबार नेपालगञ्ज बजार व्यवस्थापनमा देखिएका समस्या र समाधानको पहलका बारेमा नागरिक अन्तरक्रिया गरिएको छ । कार्यक्रमका सहभागिहरुले नगरमा देखिएका मुख्य रुपमा इ–रिक्सा व्यवस्थापन, अव्यवस्थित माइक्रोबस सञ्चालन, अव्यवस्थित पार्किङ लगायतका समस्या उठाएका थिए ।
ति समस्यालाई समाधानका लागि स्थानीय सरकारले नीति र कानून बनाएर सरोकारवाला निकायलाई नियमन गर्नुपर्ने, यहाँ सञ्चालित इ–रिक्सालाई दर्ता प्रक्रियामा ल्याउनुपर्ने, इ–रिक्सा चालकले चालक अनुमतीपत्र लिनुपर्ने, ट्राफिक व्यवस्थापनमा कडाई गर्नुपर्ने लगायतका सुझाव सहभागीहरुले दिएका थिए ।
कार्यक्रममा प्रतिनिधी सभा सदस्य लक्ष्मी तिवारीले नेपालगञ्ज बजार व्यवस्थापनका लागि नीतिगत रुपमै सुधार गर्नुपर्नेमा जोड दिदै समस्या समाधानका लागि आवश्यक पहल गर्ने बताइन् ।
कार्यक्रममा नागरिक अभियन्ताहरु कृष्णप्रसाद श्रेष्ठ, डा विनोद कर्ण, श्रीराम सिग्देल, अधिबक्ता केवलसिंह थारु, बसन्त गौतम, बलबहादुर चन्द, विश्वजित तिवारी, अयुब सिद्दिकी, मीनबहादुर मल्ल, गोपाल गिरी, शेरबहादुर वली, कृष्ण मुरारी प्रसाद भट्ट, रविन्द्र ज्ञवाली, शैलेन्द्र बैश्य, माया शर्मा, ट्राफिक प्रहरी पुरुषोत्तम पौडेलले नेपालगञ्ज बजार व्यवस्थापनमा देखिएका विभिन्न समस्या र समाधानका उपायलगायतका बारेमा आ–आफ्नो विचार राखेका थिए ।
बजार व्यवस्थापनमा मुख्य सरोकारवाला निकाय नेपालगञ्ज उपमहानगरपालिका रहेकाले त्यस कार्यालयसंग गुरुयोजना सम्वन्धी सूचना माग गरिने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here