नेपालगन्ज, ९ असार । नेपालगञ्ज उपमहानगर पालिकाद्वारा बिहीवार आफ्नो नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिएको छ । नेपालगञ्ज उपमहानगर पालिकाको ११ औं नगर सभामा मेयर प्रशान्त विष्टले नीति तथा कार्यक्रम र उपमेयर कमरुद्दिन राइले बजेट प्रस्तुत गरेका हुन् । नेपालगञ्जस्थित भेरी प्राविधिक शिक्षालयमा नगर सभामा सभाध्यक्ष विष्टले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरे । उपमेयर राईले आगामी आर्थिक वर्षका कुल एक अर्व ६३ करोड ६५ लाख ७२ हजार ४ सय रुपैयाँ बराबरको बजेट प्रस्तुत गरे । उक्त सभामा सभाध्यक्ष विष्ट, उपप्रमुख राई, प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेतसहित २३ वटै वडाबाट प्रतिनिधित्व गरेर १ सय १७ जना सभासद सहभागी थिए । नियमानुसार हरेक स्थानीय तहले असार १० गतेभित्र नगर सभा गर्नुपर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here