बाँके २०७८/२/३१ गते।मनोज कुमार कौशल

नेपालगंज/वेश्विक महामारी चाइनीज बुहान भाईरसबाट बांके जिल्ला पनि प्रभावित रहेको समय यस महामारीमा गरीब, निसहाय र गरीब वर्गको ज्यान बचाउन २ महिना देखी नेपालगंज मुस्लिम समाज बांकेले विभिन्न चरणमा सर्वसाधारणको घरदैलोमा पुगी राहत वितरण गर्दै कोरोना संक्रमणमा आफ्नो ज्यानको पर्वाह नगरी अहोरात्री खटी सुरक्षा र शान्ति कायम गर्दै आएको प्रहरी जवानहरुलाई यस संस्थाले ७ औं चरणको कार्यक्रम सम्पन्न गर्दै ८ औ चरणमा बाँंकेको शम्शेरगंज प्रहरीगणमा तैनाथ रहेका प्रहरीलाई सेनिटाईजर र मास्क वितरण गरेको छ । आईतवार दिन नेपालगंज मुस्लिम समाज बांकेका पदाधिकारी र सदस्यहरु शम्शेरगंज प्रहरीगणमा पुगी त्यहाँंका गणपति प्रमुख एसपी प्रकाश सुवेदीलाई मास्क र सेनेटाईजर हस्तान्तरण गरे यस सम्बन्धमा नेपालगंज मुस्लिम समाज बाँंकेका पदाधिकारी मेराज अहमद हलवाई ॅहिमालय’ ले आजको सामना साप्ताहिकलाई जानकारी गराउन्दै भन्नु भयो प्रहरी निकाय यस कोरोना संक्रमणको समय अहोरात्री सम्म खटी नागरिकको सुरक्षा गर्दै कोरोना बाट संक्रमितहरुको उद्धारकार्य समेत गर्दै आएकोले हामी नागरिक सुरक्षित छौं हामी सरह नै प्रहरी हुन यहांहरु पनि कोरोनाबाट संक्रमित बन्न सक्छन यस कारण यहाँहरुको सेवा कार्य बाट वशीभूत भई हामीले ८ औं चरणमा शम्शेरगंज प्रहरी गणमा पुगी सेनेटाईजर र मास्क वितरण गरी आफ्नो कर्तव्यको निर्वाह गरेका छौं । यस्तो सामाजिक सेवा कार्य जारी रहने बताउनु भयो नेपालगंज मुस्लिम समाज बाँकेले गत हप्ता पनि यसै प्रकारले त्रिभुवन चोकमा तैनाथ प्रहरी र बाटो हिडदै गरेका बटुवालाई खाजा र मास्क वितरण गरेको थियो । शम्शेरगंजको प्रहरी गणमा आयोजित कार्यक्रममा अब्दुल जलील मंसुरी (मुन्ना) मेराज अहमद हल्वाई ॅहिमालय’, फिरोज वारसी, जियाउल हक हल्वाई, बाबु नेता, गुडु सिद्धिकी लगायतहरुको उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here