११ फागुन, नेपालगन्ज । नेपाली काँग्रेसका केन्द्रीय सभापति गगनकुमार थापा फागुन १४ गते नेपालगन्ज आउने भएका छन् ।
सोही दिन सभापति थापाले बाँकेको जानकी गाउँपालिकामा आयोजना हुने बाँके जिल्लास्तरीय वृहत आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली काँग्रेस, बाँकेका कार्यवाहक सभापति गोपालप्रसाद अधिकारीले जानकारी दिएका छन् ।
बाँकेको जानकी गाउँपालिका वडा नं. ३ स्थित होटल पौवा नजिकैको पूर्वतर्पmको खाली जग्गामा आमसभा आयोजना गरिएको छ । वृहत आमसभाको संयोजन नेपाली काँग्रेस, बाँके निर्वाचन परिचालन तथा प्रचारप्रसार समितिले गरेको जनाइएको छ ।
वृहत आमसभामा जनसमुदायलाई सहभागि हुन नेपाली काँग्रेस, बाँकेले आव्हान समेत गरेको छ । आमसभामा सभापति थापासहित केन्द्रीय तहका नेताहरु, बाँके जिल्लाको तिनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारलगायत पार्टीका अन्य जिल्ला तहका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहने जनाइएको छ ।






