डा. राजेश झा ‘अहिराज’
२७ असार, काठमाडौं ।
मधेश प्रदेशका निवर्तमान प्रदेश प्रमुख राजेश झा ‘अहिराज’ले राष्ट्रपति विद्यादेवी भण्डारीलाई १३ बुँदे ध्यानाकर्षण पत्र बुझाउनुभएको छ । पछिल्लो समय देश दौडाहमा रहनुभएका अहिराजले आफूले देखेका जनताका पीरमर्का समेटेर तयार पारेको ध्यानाकर्षण पत्र शीतल निवास पुगेर राष्ट्रपति भण्डारीलाई बुभाउनुभएको
हो ।
ध्यानाकर्षण पत्रमा समयमै मल नपाएर किसानहरु मर्कामा परेकाले यसै आर्थिक वर्षभित्र प्रत्येक प्रदेशमा एक–एक वटा रासायनिक मल कारखाना स्थापना गर्न तथा जैविक मल उत्पादन गर्ने व्यक्ति तथा संस्थाहरूलाई प्रोत्साहित गर्ने नीति अविलम्ब ल्याउनका लागि सरकारको ध्यानाकृष्ट गराइ दिन अनुरोध गरिएको छ ।
त्यस्तै सुदूरपश्चिमको पर्यटन प्रवर्द्धन, सीमामा नेपालीमाथि दुव्र्यवहार समस्या, महाकाली सन्धि, शुक्लाफाँटा आरक्ष विस्थापित समस्या, महाकाली दोहन समस्या, रोजगारीका लागि भारत जान बाध्य हुने समस्या समाधानमा सरकारलाई घच्घच्याउन राष्ट्रपतिलाई अनुरोध गरिएको छ ।
त्यस्तै कर्णालीको पर्यटन प्रवद्र्धनन, स्याउ खेती र जडिबुटी उत्पादनमा पनि पहल गर्न माग गरिएको छ । तराईको बाढी डुबानको समस्या पनि समाधानका लागि सरकारलाई पहल गरिदिन भनिएको छ । सीमा क्षेत्रका नागरिकहरूको हकमा विशेष ‘अध्ययन समिति’को खाँचो रहेकाले यसमा पहल गरिदिन राष्ट्रपतिको ध्यानाकर्षण गराइएको छ ।
मधेशी र गैर मधेशी बीचको दूरी नमेटाउने हो भने कालान्तरमा अर्को ठूलो विद्रोह हुन सक्नेतर्फ अहिराजले राष्ट्रपतिलाई ध्यानाकर्षित गराउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here