२९ श्रावण, नेपालगञ्ज । नेपाली नागरिकता विधयेक प्रमाणीकरणका सम्वन्धमा सूचना माग गरिएको छ । नेपालगन्ज निवासी अधिबक्ताद्वय विश्वजित तिवारी र बलबहादुर चन्दले आइतबार राष्ट्रपतिको कार्यालयसंग सूचना माग गर्नुभएको हो ।
नेपाली नागरिकता संशोधन विधयेक प्रतिनिधी सभामा र राष्ट्रिय सभाबाट पारित भईसकेको हुँदा हालसम्म पनि राष्ट्रपतिबाट के कति कारणले उक्त विधयेक प्रमाणीकरण नगरिएको हो, त्यसको जानकारी र उक्त विधयेक कहिले प्रमाणीकरण हने हो र कुन मितिमा हुने हो सोको पुर्ण रुपमा जानकारी पाउँ भनेर सूचना माग गरिएको हो ।
नेपालको संविधान धारा २७ अन्तर्गत सबैले थाहा पाउने अधिकार अन्तर्गत राष्ट्रपतिको कार्यालयका सूचना अधिकारीसमक्ष इमेलमार्फत सूचना माग गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here