४ भाद्र, नेपालगञ्ज । प्रकृति उपासनाको पर्व नागपञ्चमी र गुडिया आज मनाइँदै छ ।
नागपञ्चमी पर्व देशभर मनाइने गरिन्छ भने गुडिया पर्व मधेश क्षेत्रमा मात्र मनाइने
गरिन्छ ।
नागपञ्चमी पर्वको अवसरमा हिन्दू धर्मावलम्बीहरुले घरको मूल ढोकामा नाग
देवताको फोटो टांसी, कांचो नागपञ्चमी र गुडिया पर्व आज मनाइँदै दूध र चना चढाई पुजाआजा
गर्ने परम्परा रहेको छ । यस दिन नागको पुजा गरिए नागहरुबाट कुनै खतरा नरहने विश्वास रहेको छ ।
यस्तै गुडिया पर्वमा बैनीहरु रंग बिरंगी कपडाले गुडिया बनाएपछि सो गुडियाहरु त्रिभुवन चोक पूर्वलाईनमा रहेको चोकमा हाल्ने गरिन्छ
यस पछि गुडियालाई भाईहरु मिलेर रंग बिरंगी लठ्ठीले पिट्ने परम्परा छ ।
त्रिभुवनचोक पूर्वलाइनमा दशकौंदेखि यो गुडिया पर्व मनाउँदै आइएको छ ।