२५ श्रावण, नेपालगञ्ज । विविध धार्मिक कार्यक्रमको आयोजन गरि आज नागपञ्चमी तथा गुडिया पर्व मनाइँदै छ ।
श्रावण शुक्ल पक्षको पञ्चमीका दिन नागपञ्चमी पर्व देशभर मनाइने गरिन्छ भने गुडिया पर्व मधेश क्षेत्रमा मनाउने गरिएको छ । आजका दिन नाग देवताको पूजा अर्चना गरी घरको मूलढोकामा नागको तस्वीर टाँसेर नागपञ्चमी मनाउने गरिन्छक यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । नागका अष्टकुल अर्थात अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख नागको आजकै दिन पूजाआराधना गरिन्छ । आजका दिन बिहानै उठी स्नान गरी दीप, कलश, गणेश गरी गोबरको नाग बनाई पूजाआजा गरिन्छ । आजको दिनमा विभिन्न नागको बासस्थान भएका स्थानहरु पोखरी, पानी भएको कुवा इनारमा गएर पूजा गर्ने चलन छ ।
नागदेवतालाई श्रीखण्डको सुगन्ध विशेष प्रिय भएकोले नागपूजामा श्रीखण्ड चन्दनको प्रयोग गर्नु राम्रो मानिन्छ । त्यस्तै यस पूजामा सेतो कमलको फूल र लाभा अर्थात् भुटेर फूल उठेको धानको प्रयोग गर्ने विधान छ ।
यस्तै गुडिया पर्वमा बैनीहरु रंग बिरंगी कपडाले गुडिया बनाएपछि सो गुडियाहरु चोकमा हाल्ने गरिन्छ । यसपछि गुडियालाई भाईहरु मिलेर रंग बिरंगी लट्टीले पिट्ने परम्परा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here