२७ भाद्र, काठमाडौँ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंक लाल घिसिङले नेपाल
भलिबल संघका नव निर्वाचित अध्यक्ष जितेन्द्रबहादुर चन्द सहित
पदाधिकारीहरुलाई बधाई ज्ञापन गरेका छन् । राखेप सदस्य सचिव घिसिङले सफल
कार्यकालको शुभकामना समेत व्यक्त गरे । संघका नव निर्वाचित अध्यक्ष
चन्दले राखेप सदस्य सचिव घिसिङलाई धन्यवाद दिए ।

राखेप सदस्य सचिव घिसिङ समक्ष संघले अन्तरराष्ट्रिय स्तरको कभर्ड हल,
कार्यालय व्यवथापनका लागि कर्मचारी आवश्यक रहेको कुराको ध्यानाकर्षण
गराएको थियो । राखेप सदस्य सचिव घिसिङ्ले उमेर उमेर समुहगत राष्ट्रिय
प्रतियोगीता, उमेर समुहगत अन्तरराष्ट्रिय सहभागीतालाई पहिलो प्राथामिकता
दिनु पर्नेमा जोड दिए ।

राखेप सदस्य सचिव घिसिङले एक सुत्रीय भलिबलको लागि कबर्ड हल निर्माणको
लागि जती सक्दो चाँडो स्थान फाइनल गर्न आग्रह गर्नु भयो । साथै स्थान
फाइनल गर्ने बितिक्कै कभर्ड हल निर्माणको काम अघी बढाउने प्रतिबद्धता
व्यक्त गरेका हुन । उनले भने, ‘भलिबलको लागि कबर्ड हल निर्माणको काम
जतिसक्दो चाँडो गर्न तयार छु । आउँदो नवौँ राष्ट्रिय खेलकुदबाट धेरै नयाँ
प्रतिभा आउन सक्छ । नयाँ ट्यालेन्ट को हुन सक्छ भन्ने कुराको खोजी गर्नु
होला । नवौँ राष्ट्रिय खेलकुदको भलिबल तर्फको प्रतियोगिताको सफतलाको
शुभकामना व्यक्त गर्दछु ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here