२१ वैशाख, नेपालगञ्ज । ईलाका प्रहरी कार्यालय धनौली खजुरा, बाँकेको परिसरमा नव निर्मित कार्यालय भवन तथा ब्यारेकको शुक्रवार एक भव्य कार्यक्रमबीच समुद्घाटन गरिएको छ ।
लुम्बिनी प्रदेश सरकारको नियमित बजेटबाट निर्मित कार्यालय भवन तथा ब्यारेकको लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि. कुबेर कडायतबाट समुद्घाटन गरिएको
हो ।
सो कार्यक्रम लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक कुबेर कडायतको प्रमुख आतिथ्यता रहेको थियो भने बिशिष्ट अतिथिमा खजुरा गा.पा.का अध्यक्ष डम्बर बि.क., बाँके जिल्लाका प्र.जि.अ. श्रवण कुमार पोखरेल, खजुरा गा.पा. उपाध्यक्ष मञ्जु मल्ल रहेका थिए ।
यस्तै बिशेष अतिथिमा नेपाल प्रहरी प्रदेश कार्यालयका सुर्खेत
(हाल नेपालगञ्ज) प्र.ब.उ. संजिव शर्मा, लुम्बिनी प्रदेश प्रहरी अस्पतालका डा.प्र.उ. अच्युत बिक्रम हमाल, जिल्ला प्रहरी कार्यालय बाँकेका प्र.उ. तुल बहादुर कार्की, लुम्बिनी प्रदेश प्रहरी गण खजुराका प्र.उ. माधव प्रसाद बुढाथोकी र नेपाल प्रहरी बिशेष सुरक्षा गण कोहलपुरका प्र.उ. राम प्रसाद घर्ती मगर लगायत सिनियर प्रहरी अधिकृत, स्थानिय जनप्रतिनिधि, पुर्व प्रहरी, अमर प्रहरी परिवार, समाजसेवी, मिडियाकर्मी तथा स्थानिय भद्र भलाद्मीको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here