२ कार्तिक, नेपालगन्ज । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता ऐतिहासिक रुपमा सफल भएको बताएका छन् । प्रतियोगिता समापन समारोहमा सहभागी हुन पोखरा जाने क्रममा बुधबार बिहान नेपालगन्जस्थित राँझा विमानस्थलमा संचारकर्मीहरुलाई प्रतिक्रिया दिदैं मन्त्री अथकले प्रतियोगिताको सफल आयोजना आफैमा ऐतिहासीक उपलब्धि भएको बताएका हुन् ।

मन्त्री अथकले कोभिडलगायतका विभिन्न कारणले रोकिएको देशकै सबैभन्दा ठूलो खेल प्रतियोगिता निर्धारित समयमा नै सञ्चालन गर्न सक्नु ठूलो सफलता भएको बताए । प्रतियोगिता संचालनमा विभिन्न चुनौती आए पनि ती सबै चुनौतीलाई चिर्दै मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्का कर्मचारीहरुको उच्च मनोबल, अथक प्रयास र परिश्रमले गर्दा ऐतिहासिक रूपमा प्रतियोगिता सम्पन्न हुन गइरहेको भन्दै उनले खुसी ब्यक्त गरे ।

प्रतियोगिताकै क्रममा प्याराग्लाइडिङका खेलाडीको दुःखद निधन भएको घटना प्रति दुख ब्यक्त गर्दै उनले सरकारले सो घटनाबारे अनुसन्धान गर्ने बताए ।

मन्त्री अगथले खेल क्षेत्रले देशलाई विश्वमा चिनाउने र पहिचान कायम गर्ने भएकोले खेलकुदका लागि बजेटमा वृद्धि गर्नु अपरिहार्य बनेको समेत बताए ।

पोखरामा सञ्चालन भइरहेको नवौँ राष्ट्रिय प्रतियोगितामा पदक जित्ने र यस पटक जित्न नसकेका सबैलाई अग्रिम बधाई दिँदै उनले कम समयमा खेलकुदको समग्र विकासमा आफुले धेरै उल्लेख्य काम गरेको दावी समेत गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here