२० फागुन, नेपालगञ्ज । बाँकेको नरैनापुर गाउँपालिकामा असल छिमेकी सामुदायिक हस्पिटलको आयोजना र नरैनापुर गाँउपालिकाको समन्वयमा एक दिने निःशुल्क स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको छ ।
उक्त शिविरबाट तिन सय भन्दा बढी नागरिक लाभान्वित भएका छन् । प्राथमिक स्वास्थ्य केन्द्र लक्ष्मणपुरमा सम्पन्न शिविरमा ३०० जनाको नाक, कान घाँटीको उपचार, २०० जनाको सामान्य चेकजाँच गरि औषधी बितरण गरिएको थियो ।
नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहको स्वास्थ्य परिक्षण गर्दै शिविरको उद्घाटन गरिएको थियो ।
अध्यक्ष शाहले नागरिकको स्वास्थ्यप्रति गम्भीर र चिन्तित रहेकाले सोही मर्मअनुसार पालिकामा काम भइरहेको बताए । उनले जनताको सबैभन्दा महत्वपूर्ण र पहिलो आवश्यकता सहजरुपमा स्वास्थ्योपचार गर्न पाउनु रहेकोले पालिकाबाट प्रदान हुदै आएको स्वास्थ्य सेवालाई अझ गुणस्तरीय बनाउदै लैजाने जिकिर गरे । अध्यक्ष शाहले नरैनापुरमा आयोजना भएको निःशुल्क शिविरबाट फाईदा लिन आग्रह गरेका थिए ।
असल छिमेकी सामुदायिक हस्पिटलका संचालक सदस्य डक्ट प्रसाद धितालको अध्यक्षतामा भएको शिविरको उद्घाटन नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले गरेका थिए भने कार्यक्रममा वडा नं. २ का अध्यक्ष मसूद अहमद शाह, वडा नं. ३ का अध्यक्ष अजय मिश्रा, नाक, कान, घाँटीका बिशेषज्ञ डाक्टर प्रकाश बस्याल लगायतको सहभागिता रहेको कार्यक्रममा लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर सूर्य प्रकाश शाहले गरेका थिए । सो कार्यक्रमको संचालन पत्रकार गजेन्द्र गुरुङ्गले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here