१ वैशाख, नेपालगन्ज । वर्ष २०८१ लाई विदा गरि नयाँ वर्ष २०८२ लाई भव्य स्वागत गरिएको छ ।
सूर्य ग्रहले वर्षभरीमा बाह्रराशिको परिक्रमा गर्दछ । बाह्रराशिमा ३६० डिग्री हुन्छ ।
सूर्यले वर्षदिनमा ३६० डिग्रीको यात्रा सिध्याएर पुनः शून्य डिग्रीबाट अर्को वर्षको लागि यात्रा तय गर्ने दिनलाई मेषार्क अथवा बैशाख संक्रान्ति भनिन्छ यही दिनलाई विक्रम संवतको नया“ वर्ष मानिन्छ ।
नयाँ वर्षको अवसरमा पिकनिक खान जाने, विभिन्न स्थानमा घुम्न जाने र मन्दिरमा पूगेर पूजा गर्ने नेपालीहरुको प्रचलन रहेको छ । यस दिन हरेक व्यक्तिले गत वर्ष गरेका कामको सफलता असफलता मूल्यांकन गरी नयाँ योजनाको संकल्प गर्दछन् ।
नयाँ वर्षको अवसरमा बिहानै स्नान गर्ने, घर–आँगन सफा गर्ने, देवदेवीको दर्शन गर्न मन्दिर जाने, मीठोमीठो खाने, साथी तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना साटासाट गर्ने गरिन्छ ।
प्रत्येक वर्ष झैं नया“ वर्षलाई स्वागत गर्न देशभरका विभिन्न होटल, रेष्टुरेन्ट लगायतका ठाउ“मा सांस्कृतिक कार्यक्रमको आयोजना गरियो ।
प्रत्येक नेपालीले आफ्ना शुभचिन्तक, इष्टमित्र लगायतलाई विभिन्न सामाजिक सञ्जाल, एसएमएस, शुभकामना कार्ड मार्फत नया“ वर्ष २०८२ को शुभकामना व्यक्त गरेका छन् ।
नयाँ वर्ष २०८२ लाई देश विदेशमा बस्ने नेपालीहरुले एक–आपसमा शुभकामना आदान–प्रदान गरी स्वागत गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here