८ श्रावण, नेपालगञ्ज । सहकारी दर्ता अधिकारीको कार्यालय राप्ती उपत्यका (देउखुरी) दाङको पत्र जाहेरीले वादी नेपाल सरकार प्रतिवादी नमस्ते बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक समितिका अध्यक्ष विष्णु बहादुर रिमाल समेत भएको बचतकर्ताहरुको रकम हिनामिना (अपचलन) गरेको कसुरको अनुसन्धान तहकिकातका लागि बचतकर्तालाई जिल्ला प्रहरी कार्यालय, बाँकेमा जाहेरी दिन सूचना जारी गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय, बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक नारायण डाँगीद्वारा मंगलवार जारी सूचनामार्फत दश दिनभित्र नमस्ते बचत तथा ऋण सहकारी संस्था लिमिटेडका बचतकर्ताहरुलाई आफ्नो बचत रकमको प्रमाण सहित जिल्ला प्रहरी कार्यालय, बाँकेमा दरखास्त दिन अनुरोध गरिएको छ ।
यसबीच बाँके प्रहरीले अवैध भन्सार छलिको सामान बरामद गरेको छ ।
नेपालगञ्ज उ.म.न.पा.वडा नं.१ स्थित भारतबाट अबैध रुपमा भन्सार छली चोरी निकासी पैठारी गरी ल्याएको लेडिज कुर्ता, पर्दा, सर्ट, जिन्स पाइन्ट लगायतका सामान सोमवार बरामद गरिएको हो ।
करिब १ लाख ६६ हजार ४ सय मूल्य बराबरको सामान फेला पारी आवश्यक कारवाहीका लागि भन्सार कार्यालय नेपालगञ्ज बाँकेमा पठाईएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको ।