३ असार, नेपालगञ्ज । नेपालगञ्ज उमनपा, जिल्ला ट्राफिक प्रहरी कार्यालय र वडा प्रहरी कार्यालयको संयुक्त आयोजनामा नगरभित्र रहेका सडकको पेटी खाली गराउने अभियान छेडिएको छ ।
केहि दिनदेखि थालिएको यो अभियान निरन्तर रुपमा चलिरहेको छ ।
यस क्रममा शुक्रवार पनि वडा प्रहरी कार्यालयदेखि त्रिवेणीमोड सम्म रहेको सडक पेटीमा रहेको अतिक्रमण हटाउने कार्य सम्पन्न गरिएको छ ।
सडक पेटीमा रहेको अतिक्रमण हटाउने कार्य थालिएपछि अधिकांश नगरवासी खुशी देखिएका छन् । पैदल हिँड्ने यात्रुहरुलाई यसबाट निकै सहज हुने उनिहरुले बताएका छन् ।
यसबीच नेगउमनपाले केहि दिनदेखि उमनपाभित्र सडकको दायाँ र बायाँपट्टि रहेको पेटी खाली गराउने अभियान छेड्दा केहि असन्तुष्टि पनि देखिएको छ ।
अहिलेसम्म त्रिवेणीमोड, बिस्कोरियनटोल लगायत स्थानमा अतिक्रमण गरिएको पेटी विभिन्न पसलेहरुबाट मुक्त गराई सकिएको छ तर अब केहि दिनपछि पेटीको अतिक्रमण हटाउने कार्यमा उमनपालाई कठिनाई हुने अवस्था सिर्जित हुन थालेको छ । यसको कारण हो कि उमनपा बस्ने केहिहरुले पेटीमाथि नै भ¥या· खडा गरि घरभित्र आउने जाने जस्तो बनाएका छन्, उमनपाले त्यस्तो अवैध रुपले निर्माण गरिएको भ¥या· हटाउने कार्य गरेको छैन तर सर्वसाधारणलाई मर्कामा पार्न पेटी खाली गराउने कार्य शुरु गरेकोले यसको नगरमा विरोध पनि हुन शुरु भएको छ ।
यस सम्बन्धमा नगरमा बस्ने एक जना स्थानीय वासिन्दा आफ्नो नाम नबताउने शर्तमा भन्छन्, ‘उमनपाले खटाएको संयुक्त प्रहरी टोली पेटी खाली गराउने क्रममा सरसामान उठाएर लग्ने गरेको छ । प्रहरीको संयुक्त टोलीको यस्तो क्रियाकलाप चाहिँ गलत हो पेटी खाली गराउनु भन्दा पहिले केहिले पेटीमाथि खडा गरेको भ¥या· हटाउनु पर्छ अनिमात्र नगरमा रहेको पेटी अतिक्रमण मुक्त गराउँदा बेस होला ।’
यसबीच नेपालगञ्ज उमनपा, जिल्ला ट्राफिक प्रहरी कार्यालय र वडा प्रहरी कार्यालयको संयुक्त आयोजनामा नगरभित्र रहेका सडकको पेटी खाली गराउने अभियान निरन्तर रुपमा आगामी दिनहरुमा पनि जारी रहने जानकारी प्राप्त भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here