२६ श्रावण, नेपालगञ्ज । प्रहरीले हराएको २४ हजार नगद र सुनको चन्द्रमा फेला पारी सम्बन्धितलाई बुझाएको छ ।
नेपालगञ्ज वडा प्रहरी कार्यालयबाट खटेको प्रहरी टोलीले झोलामा रहेको नगद रु.२४ हजार र सुनको चन्द्रमा लगायतका सामानहरु धनिलाई बुझाएको हो ।
बुधवार साँझ ७ः३५ बजेको समयमा नेपालगञ्ज उप–महानगरपालिका वडा नं.१ धम्बोझी स्थित सडकखण्डमा झोला सहितको सामान हराएको थियो ।
जाजरकोट छेडागाड न.पा.वडा नं.१२ बस्ने बर्ष ३१ की पुर्णिका शाहीले दिएको निवेदन अनुसार वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उक्त झोला फेला पारी सम्बन्धित महिलालाई बुझाएको वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रहरी निरीक्षक रिपेन्द्र कुमार सिंहले जानकारी गराएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here